वीरगंज । आउँदो निर्वाचनमा नेकपा एमालेकी नेतृ गंगा चौधरीले उम्मेदवारी दिने भएकी छिन् । एमालेबाट असन्तुष्ट भएपछि नेतृ चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
एमाले नेतृत्वले रेवतीरमण शर्मालाई दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने घोषणा गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । उनी पनि दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको उनल बताइन् ।