धनगढी । दुई दिनदेखिको लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । वर्षाले कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न टोलहरू डुबानमा परेका छन् ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका २ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरीमा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । त्यहाँको स्थानीय कान्द्रा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका छन् ।
यस्तै, भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ । त्यसैगरी वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ ।