• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘मन लगाउ, सबैको मुटु बचाउ’

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार २२:००
  • १५८५

    वीरगंज । यस वर्षको विश्व मुटु दिवसको नारामा ३ वटा कुरा समेटिएका छन्ः पहिलो कुरा मानवताको दृष्टिले विपन्न र पिछडिएका वर्गको मुटुको सुरक्षालाई ध्यान देउ भन्ने छ । दोस्रो, मुटु सुरक्षाका लागि प्रकृतिको संरक्षण मार्फत वातावरणीय प्रदूषणको न्यूनिकरण तर्फ लाग्न आव्हान गरिएको छ । यस्तै तेस्रो कुरा, सबैले आफ्नो मुटु स्वास्थ राख्न मानसिक तनाव व्यवस्थापन तर्फ ध्यान देउ भनिएको छ । विश्व मुटु महासंघका अनुसार विश्वभर वर्षेनी १ करोड ८० लाख मानिसहरुको मृत्यु मुटुको रोगहरुबाट हुने गर्दछ । यी मध्ये विकासोन्मुख र अविकसित राष्ट्रहरुमा वर्षेनी मुटु रोगबाट मर्नेहरुको संख्या यसको ८० प्रतिशत भन्दा बढी पर्न आउछ । १९ औं शताब्दीमा मानव मृत्युको प्रमुख कारण संक्रामक रोगहरु र कुपोषण थिए । २० औं शताब्दीको सुरु सम्ममा पनि मुटु रोगबाट मर्नेहरुको संख्या १० प्रतिशत भन्दा कम थियो । २१ औं शताब्दीको सुरुमा आएर मुटुरोगबाट मर्नेहरुको संख्या विकसित राष्ट्रहरुमा करिब ५० प्रतिशत र विकासोन्मुख राष्ट्रहरुमा २५ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरे अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने छ र कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नंं. १ रोगका रुपमा स्थापित हुनेछ । सन् २०३० सम्ममा नेपाल लगाएतका विकासोन्मुख राष्ट्रहरुमा हृदयघात भएर मर्नेहरुको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा हाल २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । मुटु रोगीहरुको संख्या नेपालमा २० वर्ष यता ५ गुणाले बृद्धि भएको छ । हाल नेपालमा विद्यमान मुटुरोगहरु मध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरु र उच्च रक्तचाप प्रमुख समस्याका रुपमा देखिएका छन् ।

    मुटुका रोगहरु मध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गैरहेको देखिन्छ र यसको प्रमुख कारणका रुपमा मानिसहरुको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औल्याइएको छ । आजका मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । मानसिक तनाव बढेको छ, व्यायाम घटेको छ । धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग बढेको छ । सागसब्जी र फलफुल खाने बानी एकदमै कम छ । तयारी खाना (फाष्टफुड) धेरै खाने बानी छ । नेपाल एनसीडी एलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २५ प्रतिशतलाई कालेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोग छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ । जताततै वातावरणीय प्रदूषण छ । शुद्ध खानेपानीको अभाव छ । तरकारी र फलफूलहरु विषादीले भरिएका छन् । मानिसको जीवन कष्टकर भएको छ । आज विश्वमा ३० करोड भन्दा बढी मानिसहरु मोटोपनको शिकार भएका छन् । ५ वर्ष मुनिका २ करोड २० लाख बाल बालिकाहरु आवश्यक भन्दा बढी शारीरिक तौल भएका छन् । मोटोपन मुटुको लागि खतरा हो । नेपालका शहर बजारमा बाल बालिकाहरुलाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ । २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ । मोटोपना जस्तै धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयूक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ जसका कारण हृदयघात, उच्चरक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदीको समस्या पनि आकासिदै गैरहेको छ । यसरी बढ्दै गैरहेको मुटुरोगको समस्यालाई रोकथाम गर्न जनचेतना जगाउने साथै निती निर्माताहरुलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निति कार्यक्रमहरु बनाउन घच्घच्याउन अति जरुरी देखिन्छ । यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मटु दिवस मनाउने चलन चलाएको हो ।

    धेरै मानिसहरुलाई आफनो मुुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हँुदैन किनकी उनिहरु नियमित स्वास्थ्य परीक्षण गराउदैनन् । यस्तै प्रकारले धेरै लाई मुटु रोगका कारक तत्वहरु (जोखिमहरु) बाट आफु प्रभावित भए नभएको बारे जानकारी राख्नुपर्छ र यसबाट मुक्त हुने उपाएहरु पनि समयमै गर्नुपर्छ भन्नेवारे चेतना छैन । यो चेतना अभावको कारण बहुसंख्यक मानिसहरुको हृदयघात र मास्तिष्कघातबाट मृत्यु भैराखेको छ । प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ त्यो थाहा पाईराख्नु पर्छ र यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ । मुटुका लागि जोखिम तत्वहरु उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धुम्रपान गर्ने बानी, बंशानुगत, व्यायामको कमि र मानसिक तनाव आदि प्रमुख हुन् । यदि कसैलाई यि समस्याहरु छन् भने तुरुन्त यसबाट छुट्कारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनु पर्छ भन्ने बैज्ञानीकहरुको सल्लाह छ । अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मुत्यु हुन सक्छ । मुटुका धेरै रोगहरु जीवनशैलीसँग सम्बन्धित हुन् । अध्ययन अनुसन्धानले देखिएको छ कि जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशत भन्दा बढी मुटु रोगका कारणहरु माथि नियन्त्रण गर्न सकिन्छ । यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउने तर्फ लक्षित हुनुपर्छ । सबै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले मुटु मैत्री वातावरण सृजना गर्न सहयोग गर्नु पर्छ र विश्वव्यापी अभियानमा सबै जानु पर्छ । यसै सन्दर्भमा विश्व मुटु महासंघले विश्वका जनतालाई मुटु रोगबाट बच्नका लागि निम्न लिखित सन्देशहरु जारी गरेको छ । यसलाई सबैले पालना गरी आफ्नो मुटुलाई स्वस्थ राख्ने प्रयास गरौं ।

    १. आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल आदी जचाउनुका साथै पेटको नाप र मोटोपन बारे पनि जानकारी लिनुपर्छ ।
    २. आफुलाई रहेको खतराबारे जानकारी पाए पछि स्वास्थ्यकर्मीसंग यि खतराहरुबाट मुक्त रहन के कसो गर्ने हो त्यस बारे परामर्श लिनु पर्छ ।
    ३. हृदयघात र मस्तिष्कघातको प्रमुख कारण उच्चरक्तचाप हो जसको कुनै लक्षण हुँदैन । औजारले नजाँची रक्तचाप कति छ थाहा हुँदैन । यस्तै प्रकारले मधुमेह साथै रगतमा कोलेस्टेरोल बढेको छ छैन भन्ने बारे थाहा पाउन नियमित रुपमा रगतको परीक्षण गराउनु पर्दछ ।
    ४. नियमित ब्यायाम गर्ने, नुन, चिल्लो र चिनी कम खाने, चुरोट, सुर्ती नखाने, मोटोपन घटाउने, मानसिक तनाव नियन्त्रण गर्ने तर्फ लाग्नु पर्छ ।
    ५. दैनिक प्रशस्त मात्रामा फलफूल र हरियो तरकारी खानु पर्छ ।
    ६. धुम्रपान निषेधीत सार्वजनिक स्थलहरु विस्तार गर्दै जान सम्बन्धित निकायहरुले सहयोग गर्नु पर्छ ।
    ७. तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गरिनु पर्छ ।
    ८. बढी गुलियो, नुनिलो, चिल्लो र तयारी खानाहरु (फाष्टफुड) को उपभोग कम गर्नु पर्छ ।
    ९. मानसिक तनाव र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ ।
    १०. आफु भित्र प्रशन्नता, सन्तुष्टी, सहयोगी र दानी प्रवृत्तिको विकास गर्न सके सुख र स्वास्थ्य दुवै पाउन
    सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

    सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    News

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    News

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑