• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानव विकासक्रमबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको नोवेल पुरस्कार

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार २०:००
  • १८७७

    वीरगंज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नीयनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको जनाएको छ। उनले पहिले पत्ता नलागेको मानव जातिको अज्ञात नजिकका पूर्वज डेनीसोभाहरू पत्ता लगाउने ‘सनसनीपूर्ण’ उपलब्धि पनि हासिल गरेका छन्। उनको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ। आनुवंशिक विज्ञ उनको काम मानव विकाससम्बन्धी केही आधारभूत प्रश्नमा केन्द्रित रहेको छ। त्यस्ता प्रश्नमा हामी कहाँबाट आएका हौँ र हामी होमो स्यापियन्सका रूपमा हाम्रा अन्य पुर्खाहरू लोप हुँदा पनि कसरी सफल हुन सक्यौ वा केले गर्दा त्यस्तो सफलता मिल्यो भन्नेलगायत छन्। सन् १०९० देखि नै यस्ताखाले खोजमा काम भइरहेको छ तर त्यो पुराना डीएनएहरूमा भर पर्ने गरेको थियो।

    नोबेल कमिटीको भनाइ
    नोबेल कमिटीले भनेको छ, ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ।’ नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइयो। यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ। र, तपाईँ आज पनि त्यसको विरासत देख्न सक्नुहुन्छ। आधुनिक मानवको डीएनएको १ देखि ४ प्रतिशत हिस्सा हाम्रा नीयनडर्थल पुर्खाबाट आएको छ र त्यसले हाम्रो शरीरको सङ्क्रमणसँग लड्ने क्षमतालाई पनि प्रभावित गर्ने गरेको छ।

    गुफाको औँला
    मानव उत्पत्तिबारे अर्को अति महत्त्वपूर्ण अध्ययन सन् २००८ मा आएको थियो। वैज्ञानिकहरूले ४० हजार वर्ष पुरानो औँलाको हड्डी साइबेरियाको डेनीसोभा गुफामा फेला पारेका थिए। प्रोफेसर पाबोले डीएनएको एउटा नमुनाको सिक्वेन्स गर्न सफल भएका थिए। र, परिणाम चाहिँ यसअघि थाहा नभएको डनिसोभन भनिने होमिनिन रहेको पत्ता लाग्यो। र, होमो स्यापियन्सले डेनिसोभनसँग पनि प्रजनन गरेका थिए। दक्षिण पूर्वी एशियाका ६ प्रतिशत मानिसमा डेनिसोभनको डीएनए पाइन्छ। प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लमनले फोन गरेपछि मात्र आफूले पुरस्कार पाएको खबर सुनेका थिए। पर्लमनले भने, ‘उनी आल्हादित थिए अवाक् भए र साह्रै खुशी भए।’ उनले १ करोड स्वीडिश क्रोनर अर्थात् ८ लाख ब्रिटिश पाउन्ड बराबरको पुरस्कार जितेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑