• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा ५० रुपैयामै पेटभरि खाना , गरीबका लागि “भरपेट भोजनालय” निरन्तर सेवामा

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार १५:०४
  • २८१३

    वीरगंज । वीरगन्जमा ५० रुपैयामै पेटभरि खाना खुवाउने सेवामुलक होटल सन्चालनमा आएको एक वर्ष भन्दा बढी भएको छ । वीरगंजको मुर्ली स्थित ५० रुपैयामा भरपेट भोजन उपलब्ध गराउने उदेश्यले गत २०७८ साउन ३१ गतेबाट सुरु भएको भोजनालय निरन्तर सेवामा लागिरहेको छ । गैर सरकारी संस्था सानो पाईलाले भरपेट भोजनालय नामक होटल नै सन्चालनमा ल्याएर सेवा मुलक कार्य निरन्तर गरीरहेको छ । सेवामुलक उदेश्य राखेर सन्चालनमा ल्याइएको भरपेट भोजनालयमा ५० रुपैया मात्र तिरेर भात ,दाल , तरकारी र अचार भरपेट खान सकिन्छ । खासगरी वीरगन्ज शहरमा दिनहँु श्रम गरेर जिविकोपार्जन गर्दै आएका कामदार र मजदुर वर्गलाई र अध्ययनका लागि वीरगन्ज बाहिरबाट आएर बसेका विद्यार्थीहरु पनि यसबाट लाभान्वित भईरहेका छन् । सस्तो र सुलभ मुल्यमा स्वस्थ र पौष्टिक खाना उपलब्ध गराउने उद्देश्यले भरपेट भोजनालय सन्चालनमा ल्याइएको संस्थाले जनाएको छ । खाना खान आउनेहरुले पनि मजदुरी गरेर कमाएको पैसा बच्नुका साथै सस्तोमै स्वस्थ खाना पाईरहेकोले खुशी छन् । स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस् भन्ने उद्देश्यले भोजनालय सुरु गरीएको र यो अभियान एक वर्ष देखी निरन्तर रुपमा संचालनमा रहेको भन्दै संस्थाका युवाहरु पनि खुसी भएको बताउँछन् । कम पैसामा स्वस्थकर खाना खुवाउने अभिप्रायले ‘भरपेट भोजनालय’ को संचालन गरीएको र यसले बढ्दो गरिवी र अनियन्त्रित महंगीको मारमा पर्दै आएका जनतालाई न्यून मूल्यमा सफा, स्वच्छ र स्वादिष्ट खाना पेटभरी ख्वाउन पाउने सेवा मुलक उद्देश्य पनि पुरा भईरहेको संस्थाका युवा जय साहले बताए । संस्थाका युवाहरुले कोरोना संक्रमणको पहिलो लहरमा पनि गरी वीरगन्ज लगायत विभिन्न सहरमा ‘फिडिङ नेपाल क्याम्पियन’ नै संचालन गरी करीब १ लाख ५० हजार जनालाई निःशुल्क खाना खुवाएका थिए ।

    सञ्चालन गरेको उतm क्याम्पियनको विस्तारित स्वरूप नै भरपेट भोजनालय रहेको उनीहरु बताउँछन् । अब विपन्न वर्गहरूले भोजनमा न्यून खर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम आफ्ना बालबालिका , परिवारका शिक्षा र स्वास्थ्यमा खर्चि गरुन् भन्ने उद्देश्यलेमा पनि सफल भएको संस्थाका अर्का युवा ंतथा सामुदायिक संस्था सानो पाइलाका संस्थापक कञ्चन झाले भने। विशेषगरी वीरगन्ज महानगर भित्र दैनिक श्रम गरेर खाने कामदार वर्गलाई लक्षित गरेर संचालन गरीएको भरपेट भोजनालयमा आएर , खाएर फर्किने क्रममा राती भोजनालयमै भेटीएका एक जना रिक्सा चालक राम अषिश महराले भोजनालयमा घरको जस्तै स्वाद भएको विभिन्न थरीका तरकारी अचार सबै ५० रुपैयामै पाईने र साथै सफा र स्वस्थ खाना भएकोले पैसा बचत संगै स्वास्थ्यलाई पनि ध्यान दिन सकिएको प्रतीक्रिया दिए । उनले भरपेट भोजनालय हामी जस्ता आर्थिक अवस्था कमजोर भएका दैनिक ज्यालादारीका मानिसहरुका लागि वरदान जस्तै भएको बताए । सुरुमा विभिन्न दाताबाट सुरु गरीएको भोजनालयमा खाना खान आउने व्यतिmहरुसंग खाना वापत लिने गरीएको शुल्क ५० नै जम्मा गरी दिनहुँ भोजनालय संचालन गरीएको र थपघट हुने अवस्थाहरु आफुहरुले व्यतिmगत तवरबाट पनि व्यस्वथापन गर्दै आएको संस्थाका जय साहले बताउँदै हाल रामअषिश महराले जस्ता ज्यलादारी मजदुरी गरेर खाने दैनिक करिब ३ सय ५० जना गरी भोजनालय सञ्चालनको १ वर्षमा ७७ हजार भन्दा बढी छाक खाना वितरण भएको सानो पाइलाले जनाउँदै १ वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख ९ हजार ८ सय १६ रुपैंया र खर्च ५९ लाख ६ हजार ९ सय ६२ रुपैया रहेको बताए । जस अनुसार कुल २० लाख ९७ हजार १ सय ४६ रुपैंयाको घाटामा भोजनालय सञ्चालन भएको सानो पाइलाका कंचन झाले जानकारी दिनुभयो । ५० रुपैयामा विक्री हुँदै आएको खाना बनाउन प्रति प्लेट नै ७७.५५ रुपैया पर्ने गरेको जनाइएको छ ।

    खाना खान दिनहु आउने गरेको बताउँदै अर्का मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएकी मीना देवीले भनिन् ,‘म जस्ता दैनिक रुपमा सयौं श्रमजीवी मजदुरको लागि ‘भरपेट’ भोजनालय बरदान जस्तै भएको छ । जहाँ एक कप चिया खान वा हल्का खाजा पनि खान होटलहरुमा महँगो पर्ने गर्छ त्यहा ५० रुपैया अघाउने गरी स्वस्थ र स्वादिष्ट खाना खान पाएका छौँ । ’रिक्साचालक, ठेलाचालक, दैनिक ज्यालादारीमा कार्य गर्ने, श्रमजिवी मजदुर तथा विधार्थीहरु लगायतको बिहान र बेलुकीको छाक टार्न भरपेटले भरपुर मदत गरेको उनीहरुको भनाई छ । बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिने उद्देश्यले संचालन गरीएको यो खाना ख्वाउने अभियानमा हाल करीब ६ जना ब्यक्तीहरुलाई भोजनालयमा रोजगारी समेत दिई भोजनालय व्यवस्थापन गरीराखेको र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पौस्टिक खानामा समेत जोड दिईएको सस्ंथाका कंचन झाले बताए। गुणस्तरीय खाना खुवाउने उद्देश्यले अभियानकै रुपमा मानवीय सेवाभावले सुरू गरिएको भोजनालयबाट विपद्का बेला आगामी दिनमा निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत संस्थाका युवाहरुले व्यक्त गरेका छन् । भोजन गर्न आउनेहरुको सन्तुष्टि नै आफुहरुको लागि महत्वपूर्ण पाटो भएकोले दैनिक रुपमा मेहनत मजदुरी गर्ने मजदुरहरुको खान्की अनुसार हरेकलाई अघाउन्जेल आफूहरूले भोजन खुवाउने गरेको भोजनालयका व्यवस्थापक भाजु पटेलले बताए । भोजनालय सञ्चालनका लागि वीरगंज स्थित मुर्लीको मेनरोडमै रहेको एउटा भवन भाडामा लिइएर वर्षको लाखौ घाटा भएर पनि सञ्चालन भइरहेको भोजनालयबाट लाभान्वित हुनेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको अवस्थामा सबै तिरबाट साथ र सहयोगको अपेक्षा आफुहरुले लिएको संस्थाका झाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑