आज:
  • होमपेज / Breaking News

    भेरी नदीमा बाढी, पानीको बहावले खतराको तह पार गर्‍यो

  • वीरगंज संजाल
  • २१ आश्विन २०७९, शुक्रबार १३:१८
  • २२२५

    सुर्खेत । निरन्तर परेको अविरल वर्षाका कारण भेरी नदीमा बाढी आएको छ । नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नदीमामा आएको बाढीले खतराको तह पार गरेपछि तटीय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पारगरेपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले हाइअलर्ट जारी गरेको हो । भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको ५ मिटर हो ।

    तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.५० मिटर पुगेको छ । भेरी नदीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायतका बस्ती जोखिमका बस्ती हुन् । यहाँ नागरिकहरुलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ । स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षति हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    ‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दा तथा राहतका लागि मातहतका निकायलाई तयारीमा अवस्थामा राखेका छौं’ रिजालले भने । भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी-बबई डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए । उनले नदीमा बाढी बढ्ने अलर्ट जारी भएसँगै किनारामा रहेका निर्माण सामग्री सारिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न
  • अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
  • झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली
  • दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    कीर्तिपुरको भिराडिल पार्कलाई जोड्ने झोलुङ्गे पुल

    बारा निर्वाचन क्षेत्र नं. १ मा कडा राजनीतिक संघर्ष, तीन प्रमुख दल आमनेसामने

    बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती

    टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

    रहेनन् अभिनेता सुनील थापा

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    News

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    News

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    News

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    News

    खुम्बु ल्होसार कप फुटबल सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑