• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    कस्तो खानपानले कलेजो शुद्धीकरण हुन्छ ?

  • वीरगंज संजाल
  • २० आश्विन २०७९, बिहीबार २०:५०
  • २८१३

    वीरगंज । कलेजो मानव शरीरको सबैभन्दा ठुलो अङ्ग हो । पाचन प्रणालीमा कलेजोको खास भूमिका हुन्छ । शरीरलाई स्वास्थ्य बनाउन कलेजोले धेरै काम गर्नुपर्ने हुन्छ । शरीरलाई निरोगी बनाइराख्न कलेजोले खास भूमिका खेलेको हुन्छ । यो अङ्गको सबैभन्दा महत्त्वपूर्ण काम भनेको शरीरको फोहोरलाई बाहिर निकाल्ने हो । हामीलाई चोट पटक लाग्यो वा कट्यो भने रगत निस्कन्छ त्यो रगतलाई धेरै बग्न बाट रोक्ने काम पनि कलेजो नै गर्छ । हामीले खाएको खानालाई टुक्राउने शरीरलाई चाहिने पोषक तत्त्व राख्ने र नचाहिने विकार बाहिर निकाल्ने काम पनि कलेजोले गर्छ । हामी जब कुनै चीज खान्छौं त्यतिखेर पाचन प्रणालीले यसलाई तुरुन्तै सानो सानो टुक्रा बनाइदिन्छ । यसपछि यो आहार रगतको सहाराले हेपाटिक पोर्टल सिस्टमको माध्यमबाट कलेजोसम्म पुग्छ । कलेजोले भोजनमा पनि सबै पोषक तत्त्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट्स आदीलाई अलग अलग गर्छ र शरीरको आवश्यकता अनुसार यसलाई अलग अलग अङ्गमा पुर्याउँछ । यसले केही पोषक तत्त्वहरूलाई भण्डारण गर्छ ताकी यसले ऊर्जाको तुरुन्त आवश्यकता हुने अवस्थामा प्रयोग गर्न सकियोस् । शरीरलाई स्वास्थ्य राख्न महत्त्वपूर्ण कलेजोलाई स्वास्थ्य र बलियो राख्न हामीले पनि केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । कलेजोलाई बलियो र स्वस्थ बनाउन कस्तो खानपान उचित हुन्छ ? यस्ता कुन खाना छन् जसले कलेजोको शुद्धीकरण गर्छ ?

    कलेजोलाई खराब गर्ने खानेकुरा

    कुनै पनि खानेकुराले कलेजोलाई खराब गर्ने भन्दा पनि कुनै पनि खानेकुरा शरीरलाई चाहिने भन्दा बढी मात्रामा खायो भने कलेजोलाई खराब गर्ने हो । रक्सी, चुरोट, कार्बोहाइड्रेट बढी भएको खानेकुरा जस्तै चामल, गहुँ र मैदाले बनेको खानेकुरा, चिल्लो बढी भएको खानेकुरा आदिले कलेजोलाई खराब गर्छ । जंकफुड, तेलमा तारेको खानेकुरा आदिले पनि कलेजोलाई खराब गर्छ । कार्बोहाइड्रेट बढी भएको खानेकुराले हाम्रो कलेजोलाई खराब गर्छ भनेर कार्बोहाइड्रेट खान चटक्कै छोड्ने भने होइन । किनकि कार्बोहाइड्रेट पनि सीमित मात्रामा हाम्रो शरीरलाई आवश्यक पर्छ । कोक, फ्यान्टा जस्ता पेय पदार्थमा कृत्रिम चिनी र रङ्ग प्रयोग गरिएको हुन्छ । यसले गर्दा कलेजोमा बोसो जम्छ । रङ्गको रसायनले कलेजोलाई नोक्सान पु¥याउँछ । त्यसैले यस्ता गुलिया पेय पदार्थ पनि कलेजोको लागि हानिकारक हो । अहिले धेरै व्यक्तिहरूमा कलेजोमा बोसो जम्ने ‘फ्याटी लिभर’को समस्या देखिएको छ । बोसोजन्य खानेकुराको कारणले कलेजोलाई खराब गर्छ कलेजोमा बोसो जम्छ भन्ने बुझाइ धेरैको हुन सक्छ । तर, त्यो कुरा शतप्रतिशत सही होइन । कार्बोहाइड्रेट बढी भएको खानेकुराको धेरै सेवनले कलेजोमा बोसो जम्ने समस्या देखिने हो । कार्बोहाइड्रेट बोसोमा परिणत हुन्छ र यस्तो समस्या देखा पर्छ ।

    कलेजोलाई शुद्धीकरण गर्ने खानेकुरा

    उसिनेको अण्डाको सेतो भाग, हरियो सागसब्जी, सलाद, फलफूल जस्ता प्रोटिन भएको र रेसादार खानेकुराले कलेजोलाई शुद्धीकरण गर्छ । तर, अहिले तरकारी फलफूलहरूमा पनि धेरै विषादीहरू प्रयोग भएर आएको हुन्छ । यस्ता विषादीहरूले कलेजोमा सिधै असर गर्छ । त्यसैले त्यो खानेकुराहरूबाट विषादीको असर कम गर्नको लागि काँचो खाने हो भो राम्ररी पखालेर र पकाएर खाने भए राम्रोसँग पकाएर खानुपर्छ ।

    कलेजोलाई स्वास्थ्य राख्नको लागि ध्यान दिनुपर्ने कुराहरू

    – कलेजोलाई स्वास्थ्य राख्नको लागि सबैभन्दा ध्यान दिनुपर्ने खानेकुरा नै हो । त्यसैले कार्बोहाइड्रेट बढी भएको र बढी चिल्लो प्रयोग भएको खानेकुरा खानु हुँदैन ।

    – कलेजोमा बोसो जम्न नदिनको लागि तौल नियन्त्रण गर्नु पर्छ । तौल नियन्त्रण गर्नको लागि खानापनमा नै ध्यान दिनुपर्यो । जंकफुड, बढी चिल्लो खानेकुरा, बोसो बढी भएको रातो मासु, कार्बोहाइड्रेट बढी भएको खानेकुरा कम खानुपर्यो ।

    – कलेजोलाई स्वास्थ्य राख्नको लागि राम्रो निद्रा पनि आवश्यक हुन्छ । निद्राको कमीले कलेजोमा बढी दबाब पर्छ, त्यसैले शरीरलाई आराम दिनको लागि समयमा सुत्ने र समयमा उठ्ने बानी गर्नुपर्छ ।

    – कलेजोलाई स्वास्थ्य राख्नको लागि शारीरिक गतिविधि र व्यायाम पनि जरुरी हुन्छ । शारीरिक रूपमा सक्रिय भएन भने कलेजोमा बोसो जम्ने समस्या देखिन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑