वीरगंज । मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा स्थानीयको सहजताका लागि महिनाको २ पटक ( महिनाको २ शनिबार) समुदायमा निःशुल्क घुम्ती सेवा संचालन गर्ने गरिएको छ। गत जेठ २८ गते शनिबार मुगुमकार्मारोङ गापाको वडा न ९ छाईला गाउँबाट उक्त सेवा सुरु गरिएको थियो। हलसम्म मुगुमकार्मारोङका वडा न ९ मा २ गाउँ, वडा न ८ मा १ गाउँ, वडा न ७ मा १ गाउँ, वडा न ५ मा १ गाउँ, वडा न ४ मा २ गाउँ गरी पालीकाका १७ गाउँमध्ये ७ वटा गाउँमा सेवा दिएको छ। हलसम्म १२० जना भन्दा बढी दन्त रोगीको उपचार गरिएको गाउँ पालिकाका जनस्वास्थ्य निरीक्षक बलि बहादुर बुढाले जानकारी दिए।
जसमा सडेका र काम नलाग्ने दाँत निकाल्ने, दाँत तथा गीजा र मुख स्वास्थ्य परामर्श दिने, फलोर्राइडयुक्त मन्जन तथा खानापछि दाँत माझ्ने सललाह दिने जंकफुड तथा गुलीया खालका खानापछि मुख कुल्ला गर्ने र धुम्रपान तथा सुर्तिजन्य वस्तुबाट टाढा रहने लगायतका स्वास्थ्य परामर्श दिइएको बुढाले जनकारी दिए। यस क्रममा सबै वस्तिहरुमा अन्य रोग तथा दुर्घटनाबाट विरामी परी उपचार गरेका तथा उपचार नगरी घरमै रहेकाको लागि आवश्यक स्वास्थ्य सल्लाह सामान्य चेक जाँच समेत गरिएको छ। यस क्रममा अधिकांश बालबालीकाहरु लडेर हात खुट्टा लगायतका अंग भाचीने र स्थानीय स्तरमै काप्रो लगाइ बसेकालाई अस्पताल जान परामर्श दिइएको छ। धेरै जसो समुदायमा उपचार गर्न नै ढीलो जाने र प्राप्त गरेको औषधि पूर्ण मात्रामा नखाने र औषधि गलत समयमा गरेको बुढाले बताए। उनीहरुलाई उचित परामर्श दिने गरिएको उनको भनाई छ।
समुदायमा क्यान्सर तथा कडा रोगका लक्षण भएकालाई समयमै अस्पताल जान र उपयुक्त अस्पताल, सरकारी सहुलीयतकाबारे परामर्श दिनुका साथै हरेक वस्तीमा घरदैलो र घुम्त्ी सेवा गर्दा स्थानीय जनप्रतिनिधिसंग समन्व्य गरी सेवा संचाला गरिएको बुढाको भनाई छ।े शनीवार ११०० जना भन्दा बढी जनसंख्या भएको वडा न ७ को महगाउँमा घम्ती सेवा संचालन गरिएको थियो जसमा ४० जनालाई दाँत सम्बन्धी सेवा र अन्यलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको छ।