वीरगंज । अहिले सिनेमा हलमा चार नेपालीसहित सातवटा सिनेमा प्रदर्शनरत छन् । नेपालीमा ‘बाबरी’, ‘प्रेम गीत–३’, ‘झिँगे दाउ’, र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनरत छन् । हिन्दी ‘पीएस–वान’ र ‘विक्रम वेदा’ रिलिज प्रदशनमा छन् । अंग्रेजी मुभी ‘अवतार’ रिलिज अन्तरगत चलिरहेको छ ।
असोज १४ गते ‘बाबरी’ रिलिज भएको हो भने असोज ७ गते ‘प्रेम गीत–३’ रिलिज भएको थियो । यी दुईमध्ये अहिले पनि ‘प्रेम गीत–३’मै धेरै दर्शक रहेका छन् । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा आज अपहराह्न पछि ‘प्रेम गीत–३’ नेपाली संस्करणले १७ शो बाँकी छ । यसको हिन्दी संस्करणमा १० शो छ ।
यता, बाबरीको भने आज अपराह्नपछि ७ शो मात्रै छ । हिन्दी ‘विक्रम वेदा’मा लाई भने क्यूएफएक्समा २१ शो छ । अन्य चलचित्रलाई भने निकै न्यून शो छ । ‘बाबरी’ निर्माण पक्षले सिनेमा हेर्ने दर्शक हुँदा हुँदै हलले शो नदिएको भन्दै पत्रकार सम्मलेन गरेको थियो ।