जनकपुर । जनकपुरमा बुधबार करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । अन्य एक जना घाइते पनि भएका छन् । करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीका करेन्ट लागेर ६० वर्षीय दिनेश चौधरी र उनका भाइ ५४ वर्षीय रामेश्वर चौधरीकाे मृत्युु भएकाे हाे ।
बुधबार बिहान आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जडान गर्ने क्रममा दिनेशकी पत्नि निर्मला देवीलाई करेन्ट लाग्दा उनलाई बचाउन गएका क्रममा दिनेश र रामेश्वरलाई करेन्ट लागेको थियो ।
दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएकाे र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएकि निर्मला चौधरीकाे भने उपचार जारी रहेकाे प्रहरीले जनाएकाे छ ।