वीरगंज । झापामा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई दसैँको टीका लगाइदिएका छन् । ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् ।
उनी गत सोमबार पत्नी राधिका शाक्यसहित झापामा पुगेका हुन् ।
ओलीले टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । आजै ओली काठमाडौं फर्किने तय भएको छ ।