जनकपुरधाम । जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष झण्डै १५ हजार बोकाको बलि दिइएको छ । यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको महावीर युवा कमिटीले जनाएको छ ।
निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि नेपालको विभिन्न जिल्ला सहित सीमावर्ती क्षेत्र बारतबाट समेत ठूलो संख्यामा श्रद्धालुभक्तजन सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बलिप्रदानको कार्यक्रम बिहान ३ः५३ बजेसम्म चलेको महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए । यसपालि बोकाबलिका लागि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।