• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युएईले लागू गर्‍यो नयाँ भिसा नीति, पर्यटक र पेसाकर्मीलाई के फाइदा?

  • वीरगंज संजाल
  • १८ आश्विन २०७९, मंगलवार १३:५२
  • २००९

    वीरगंज | संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ। नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो। नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो समयको भिसा दिनुका साथै विभिन्न पेसाकर्मीलाई लामो अवधि बस्ने सुविधा दिइएको बिबिसीले लेखेको छ। त्यस्तै उद्यमी, लगानीकर्ता र पेसाकर्मीहरूका लागि १० वर्षको ‘गोल्डन भिसा’ कार्यक्रम लागू गरिएको छ। यसलाई युएईको नीतिमा आएको पछिल्लो समयको सबभन्दा ठूलो परिवर्तनका रूपमा लिइएको छ। युएईको वैदेशिक मामिला विभागका महानिर्देशक मेजर जनरल सुल्तान युसेफ अल नुआमीले भ्रमण, रोजगार र व्यवसाय निम्ति युएईलाई एक आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न नयाँ भिसा नीति लागू गरिएको बताएका छन्। युएईले लागू गरेको नयाँ भिसा नीतिले पर्यटक वा त्यहाँ रोजगार र बसोबास निम्ति जान चाहने व्यक्तिहरूलाई के असर पार्छ त?

    सबभन्दा पहिला कुरा गरौं, ग्रिन भिसाको। ग्रिन भिसा भनेको नवीकरण गर्न सकिने आवासीय भिसा हो। यो भिसा लिएर आप्रवासीहरू युएईमा पाँच वर्षसम्म बस्न सक्ने छन्। अवधि सकिएपछि भिसा नवीकरण गर्न सकिनेछ। ग्रिन भिसाको मुख्य विशेषता भनेको यो ‘सेल्फ स्पोन्सर्ड’ भिसा हो। यो भिसा नवीकरण गराउन आप्रवासीहरूलाई युएईका नागरिक वा रोजगारदाताको स्पोन्सरसिप आवश्यक पर्ने छैन। स्वतन्त्र पेसाकर्मी, दक्ष कामदार तथा लगानीकर्ता वा व्यावसायिक साझेदारहरू यो भिसाका हकदार हुनेछन्। ग्रिन भिसा लिने आप्रवासीलाई युएई सरकारले थप सहुलियतको व्यवस्था पनि गरेको छ। उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, सन्तान र नजिकका नातेदारलाई युएईमा आफूसँगै राख्न सक्नेछन्। ग्रिन भिसा लिएका आमाबाबुले २५ वर्षभन्दा कम उमेरका आफ्ना छोराहरूलाई त्यहाँ राख्न सक्नेछन्। पहिले यो उमेर सीमा १८ वर्ष थियो। अविवाहित छोरी र शारीरिक अपांगता भएका सन्तानका लागि उमेरको हद तोकिएको छैन। ग्रिन भिसा लिएका आप्रवासीलाई भिसा अवधि सकिएको छ महिनासम्म युएईमा बस्ने सुविधा पनि दिइएको छ।

    अब कुरा गरौं, १० वर्षको गोल्डन भिसाबारे। गोल्डन भिसा युएईमा लगानी गर्ने विदेशी उद्यमी, अनुसन्धाता, मेडिकल पेसाकर्मी, विज्ञान तथा अन्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञ, अत्यन्त प्रतिभाशाली विद्यार्थी र स्नातकहरूलाई दिइनेछ। युएईले सम्बन्धित क्षेत्रका विज्ञ र प्रतिभाशाली विद्यार्थी आकर्षित गर्ने उद्देश्यले सन् २०२० मा गोल्डन भिसा नीति लागू गरेको थियो। कार्यान्वयन भएको पहिलो वर्षमा दुबईमा मात्र ४४ हजार गोल्डन भिसा जारी गरिएको युएईको पत्रिका ‘द नेसनल’ ले जनाएको छ। गोल्डेन भिसा अवधि १० वर्षको हुनेछ भने यस्तो भिसा पाउनेहरूलाई विभिन्न सुविधा दिइएको छ। यस्तो भिसा लिएका आप्रवासीले आफ्नो शतप्रतिशत स्वामित्वमा व्यापार–व्यवसाय सञ्चालन गर्न सक्नेछन्। पहिला युएईबाट छ महिना बाहिर बस्नेहरूको भिसा स्वतः खारेज हुने व्यवस्था थियो। तर १० वर्षको गोल्डन भिसामा यो व्यवस्था खारेज गरिएको छ। गोल्डन भिसा लिएका आप्रवासी जतिसुकै अवधिका लागि युएईबाट बाहिर रहे पनि उनीहरूको भिसा कायम रहनेछ।
    यति मात्र होइन, उनीहरूले आफ्नो घरमा काम गर्ने घरेलु कामदारलाई स्पोन्सर पनि गर्न सक्नेछन्। यसरी घरेलु कामदार स्पोन्सर गर्न कुनै अधिकतम संख्या तोकिएको छैन।

    उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, कुनै पनि उमेरका सन्तान र परिवारका अन्य सदस्यलाई पनि भिसा स्पोन्सर गर्न सक्नेछन्। गोल्डन भिसा लिएका व्यक्तिको मृत्यु भएको अवस्थामा उनको स्पोन्सरमा युएई आएर बसिरहेका परिवारका सदस्यले भिसा अवधि समाप्त नभएसम्म युएईमै बसिरहन पाउने छन्। युएईले गोल्डन भिसा लिन पाउने व्यक्तिहरूको सूची पनि बढाएको छ। अब विज्ञान, इञ्जिनियरिङ, मेडिसिन, सूचना प्रविधि, व्यवसाय, प्रशासन र शिक्षा क्षेत्रका दक्ष पेसाकर्मीले १० वर्षको गोल्डन भिसा लिन पाउने दुबईबाट प्रकाशित हुने ‘खलिज टाइम्स’ ले जनाएको छ। यो भिसा लिन आवश्यक पर्ने मासिक तलब सीमा पनि घटाइएको छ। पहिले महिनाको करिब १८ लाख रूपैयाँ कमाउने व्यक्तिहरूलाई मात्र यो भिसा दिने गरिएकोमा अब साढे १० लाख कमाउनेहरूले पनि गोल्डन भिसा पाउने छन्। पर्यटक र अन्य व्यक्तिहरूका लागि पनि लचिलो नीति लागू गरिएको छ। पर्यटक भिसामा आउनेहरूलाई ६० दिनसम्म युएईमा बस्ने छुट दिइएको छ। पहिले पर्यटक भिसाको बसाइ अवधि ३० दिन मात्र थियो। पाँच वर्षको मल्टि–इन्ट्री (पटकपटक गइरहन सकिने) भिसा पनि सुरू गरिएको छ। उनीहरूले एकचोटिमा लगातार ९० दिनसम्म युएईमा बस्न पाउने छन्। अत्यन्त प्रतिभाशाली पेसाकर्मीहरूलाई युएईमा जागिर खोज्न सजिलो होस् भनेर छुट्टै भिसा नीति लागू गरिएको छ। त्यस्ता व्यक्तिलाई भिसाको निम्ति कुनै युएई नागरिक वा अरू कसैको स्पोन्सरसिपको आवश्यकता पर्दैन। युएईको मानव संशाधन मन्त्रालयले पहिलो, दोस्रो वा तेस्रो श्रेणीमा वर्गीकरण गरेका पेसाकर्मी र संसारका ५०० उत्कृष्ट विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीले युएईमा जागिर खोज्न यो भिसाको निम्ति आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑