वीरगंज । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । गएराति सम्पन्न जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोल अन्तरले हरायो ।
२५ औं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३–० मा पुर्याएका थिए । ७३ औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।
आठ खेलमा चार अंकसहित लेस्टर १९ औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङ्घम फरेस्ट २० औं स्थानमा छ ।