दाङ । तुलसीपुरमा ग्वार खोलाको बाँधमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निवासी १४ वर्षीय अभिसेक भुसाल छन् ।
आइतबार अपराह्न उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर भुसालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।