• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अलिकति खुशी दिएको पर’देशले आखिरीमा रुवाई छा’ड्यो ! बेडमा लमतन्न परेका आफ्ना श्रीमान्को अनुहार हेर्दै बित्दैछ..

  • वीरगंज संजाल
  • १५ आश्विन २०७९, शनिबार ११:४३
  • २२७३

    वीरगंज । शंखमूल ओरालो कटे’पछि आउँछ आयुष अस्प’ताल । अस्पतालको कोठा नम्बर तीन । बेडमा लमतन्न परेका आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनु’भएको छ काभ्रे रोशी गाउँ’पालिकाकी बसन्ती तामाङ । टेबुलमा औषधिहरु छरिएका छन् । फ्राइबिनमा झोलिलो खानेकुरा छ ।राम’बहादुरको नाकमा लगाइएको मसिनो पाइप’बाटै झोलिलो खानेकुरा दिइन्छ । झ्यालबाट आएका घामका किरणले उहाँ’लाई थेरापीको काम गरेको छ । आँखा खुल्ला छन् । कतिबेला निभाउनु’हुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनु’हुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हात’खुट्टा चल’मलाउनुहुन्छ । श्रीमानले यत्तिको चलमल गर्दा बसन्तीको आशा बढेर दोब्बर हुन्छ ।साउदी’अरबको गर्मी । घर फर्किने दिन नजिकिँदै गर्दा राम’बहादुरलाई लागेको थियो अब यो मरु’भूमिमा फर्केर आइन्छ आइन्न । जाने’बेला केही समय घुमौँ । सपिङ गरौँ । आफू परदेश आउँदा बा भन्न नसिकेको छोरा अहिले हुर्केर स्कुल जाने भइ’सक्यो । परदेशमा पाँच वर्ष बिताइयो । अब घर फर्किनु’पर्छ । श्रीमती, छोरा र घर’परिवारको साथमै बसेर सानो’तिनो व्यवसाय गर्नु’पर्छ । अघिल्लो राति श्रीमती बसन्ती’सँग फोनमा यस्तै कुरा गर्नु’भएको थियो रामबहादुरले । बसन्तीको खुसीको सीमा थिएन । तर श्रीमानको घर फर्किने कुरा सुन्दै निदाए’की बसन्ती बिहान उठ्न नपाउँदै भाइले सुनाएको खबरले छाँगा’बाट खसेझैँ हुनुभयो । गएको जनवरी १३ मा राम’बहादुर साउदीमा सडक दुर्घ’टना’मा पर्नु’भयो । नेपाल फर्किन एक हप्ता मात्रै बाँकी हुँदा साथीहरु’सँग घुम्न निस्किनु’भएको थियो । चार जना थिए कारमा । दुई जना पछाडि बसेका थिए । ड्राइ’भरको छेउमा राम’बहादुर हुनुहुन्थ्यो । अचा’नक कारलाई पछाडि’बाट आएको लरीले ठक्क’र दियो । कारमा सवार तीन जना साथीहरु’लाई खासै चो’ट लागेन तर कारको सीसा रामबहादुरको घाँ’टी र टाउकोमा गाडि’यो । उहाँ दु’र्घ’टना भएको एक मिनेटमै यो खबर बसन्तीको कानमा पर्यो । बसन्तीका अनुसार रामबहादुरले टिकटकमा लाइभ गरि’रहनुभएको थियो । दु’र्घ’टना भएको पनि लाइभमै देखियो । रामबहादुरको टिकटक लाइभमा जोडिएका बसन्तीका भाइले तुरुन्तै फोन गरेर बसन्तीलाई यो सबै कुरा सुनाएका थिए ।

    श्रीमानले बोल्ने दिन कुर्दै बसन्ती

    दु’र्घट’ना भएको साढे दुई महिनासम्म रामबहादुरको होस पनि आएन । साउदी जर्मन अस्पतालमा उ’पचार चलिरह्यो । तीन महिनासम्मको उप’चार खर्च उहाँ कार्यरत कम्पनीले नै बेहो’र्यो । तर पछि बिमाले बेहोर्ने खर्च यत्ति हो भन्दै कम्पनीले पनि वास्ता गर्न छाड्यो । त्यसपछि अस्प’तालले पनि सा’मान्य रेखदेख बाहेक उप’चार गर्न छाड्यो । नेपाल झिकाउन प्रक्रिया गर्दा’गर्दै तीन महिना बित्यो । बल्ल त्यहाँ रहेको नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइयो । यसरी दु’र्घ’टना वा गम्भी’र प्रकृतिका बिमा’रीलाई ल्याउँदा यहाँ ल्याएर राख्ने अस्प’तालको स्वीकृतिपत्र पनि चाहिन्छ । त्यहीअनुरुप राम’बहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्प’तालमा राखियो । नर्भिकमा डेढ लाख रुपैयाँ जति खर्च भयो । नर्भिकले पनि गर्नुपर्ने सबै उप’चार भइसक्यो अब थेरापी गराउन लैजानु भनेपछि परिवारले रामबहादुरलाई आयुष अस्प’तालमा ल्याएको हो । रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म । ‘भर्खरै थेरापी सकेर डाक्टरहरु जानुभयो, अब दिउँसो फेरि थेरापी हुन्छ’, छेउको बेडमा चिन्ति’त अनुहार लगाएर बसि’रहनुभएका रामबहादुरका बुवा अमृत’सिंहले भन्नुभयो, ‘भन्न त डाक्टरहरुले चाँडै ठीक हुन्छ पनि भन्छ, समय लाग्न सक्छ पनि भन्छ । हेरौँ अब कहिले निको हुने हो ?’

    रामबहादुर दु’र्घट’नामा परेको दिनदेखि परिवारको खुसी फर्केको छैन । त्यही हराएको खुसी फर्काउन परिवारले लाखौँ खर्च गरिसक्यो । महिनौँ भइसक्यो । तर कहिले नि’को हुन्छ केही थाहा छैन । रामबहादुरले कोठाभित्र कोही आएको चाल त पाउनुहुन्छ, तर प्रतिक्रिया जनाउन सक्नुहुन्न । पहिले देखेका मान्छेलाई चिन्नुहुन्छ, तर आफू बोल्न सक्नुहुन्न । कतिबेला हाइ काढ्दै खुट्टा चल’मलाउनुहुन्छ । नत्र एकोहोरो कतै टोलाइ रहनुहुन्छ । बेलाबेला बसन्ती राम’बहादुरको टाउको मुसार्नु’हुन्छ । रामबहादुरको निरिह अनुहार हेर्दै बसन्ती मनमनै भगवानको नाम जप्नुहुन्छ । ‘मेरो बुडालाई सञ्चो होस् भनेर भगवानको नाम जपिराख्छु, एक दिन मेरो कुरा सुन्ला नि भगवानले’, सोझी बसन्ती सिधा कुरा गर्नुहुन्छ । तर रामबहादुरको कुरा खोतल्न लागे उहाँका आँखा’बाट बर्रर आँ’सु खस्छन् । अनि उहाँ अवाक् हुनुहुन्छ । चार भाइमध्ये माइलो रामबहादुर । उहाँ साउदीमा दु’र्घटनामा परेपछि दाइ र साइलो भाइ पनि रोजगारीको लागि उतै गए । त्यहाँ भाइको रेखदेख पनि होला र कमाइ पनि होला भनेर गएका दुवैजनाको काम गर्ने क्षेत्र निकै टाढा हुँदा चाहेर पनि भेट्न पाएनन् राम’बहादुरलाई । रामबहादुर पनि घरको आर्थिक स’मस्या पार लगाउँछु भन्दै ऋनदान गरेर पाँच वर्ष पहिले २०/२१ वर्षको कलिलो उमेरमै साउदी जानुभएको थियो । रेस्टुरेन्टमा वेटरको काम थियो । दुई वर्षको करा’रमा जानुभएको थियो उहाँ । करार सकिएर फर्किने समय भएको थियो । त्यहीबेला कोरोना म’हामारी सुरु भयो । राम’बहादुर नेपाल फर्किन पाउनुभएन । घर फर्किने तयारी भइ’रहँदा उतै रोकिनु’पर्यो । उता कम्पनीमा काम पनि चलिरह्यो । उहाँ काममै व्यस्त रहनु’भयो । योबीचमा उहाँले पुनः श्रम स्वीकृति पनि लिन पाउनु’भएन । करार अव’धि सकिएपछि पनि काममा राख्दा कम्पनीले नयाँ क’रार पनि गरेन । भिसाको अवधि पनि सकियो । तर कोरोनाकै बेला उहाँको पद बढेर फ्लोर म्यानेजर बन्नुभयो । कमाइ पनि राम्रै थियो । नेपाली एक लाख रुपैयाँ जति । यही कमाइको भरमा थियो उहाँको परिवार । रामबहादुरले कमाउन थाले’पछि घरमा खुसी छाएको थियो । घरपरिवारका आवश्यकता पूरा हुँदै थिए । बिहे भएको दुई वर्षमै श्रीमान् परदेश गए पनि अहिलेको बिछो’डले भविष्य सुखमय हुने आशा पाल्दै बस्नुभयो बसन्ती । छोरा’लाई हुर्काउनु’भयो । छोरालाई पढाउन भनेर भक्त’पुरमा बस्न थाल्नुभयो ।

    त्यतिबेला उहाँलाई श्रीमान् परदेश गएर ठिकै भयो लाग्थ्यो । कमाउनुभएको थियो । घरपरिवारको खर्च धान्नुभएको थियो । पाँच वर्षसम्म साउदीमा बस्दा कुनै दुःख अप्ठेरो भएन । कोरोनाको बेला पनि केही समस्या भएन । काम पनि चलिरह्यो । कमाइ पनि भइरह्यो । सबै राम्रै चलिरहेको थियो । नेपाल फर्केर सानोतिनो व्यवसाय गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो । केही समय टाढिनु परे पनि अब साथ’साथै बस्न पाइन्छ भनेर खुसी हुनुहुन्थ्यो । तर खुसीलाई अँगाल्न हप्तादिन मात्रै बाँकी छँदा दुःखको बादलले ढाक्यो बसन्ती’लाई । मनमा सजाएका सपनामा चट्याङ परेजस्तै भयो । राम’बहादुरका पनि अनेक रहर थिए । घर गएर छोरोलाई अँगालोमा कस्न मन थियो । केही थान लुगा, मिठाइ दिएर यही हो छोरा तेरो पर’देशी बुवाको कमाइ भन्न मन थियो ।रामबहादुर घर त फर्किनुभयो तर कस्न सक्नुभएन छोरालाई न्यानो अँगालोमा । राम’बहादुरका रहर पनि त्यही दुर्घ’टनामा घा’इते भए । यस्तै कुरा सम्झेर भक्कानिनुहुन्छ, बसन्ती । ‘केही खुसी दिएको परदेशले आखिरीमा रु’वाइ छाड्यो !’, सुँक्क सुँक्क गर्दै बरबराउनु:हुन्छ, ‘बरु परदेशै नगएको भए यस्तो हुन्न थ्यो कि ?’ अहिले १० दिनकै फिजियो थेरा’पी गरेको ५० हजार रुपैयाँ खर्च लाग्छ । औषधि त्यति नै महंगो छ । रामबहादुरले कमाएको पैसा उपचा’रमै सकिसक्यो । घरपरिवारले ऋण खोजेर अब माग्न जाने ठाउँ कतै छैन । साउदीमा रहेका नेपालीहरुले चन्दा उठाएर राम’बहादुर बचाउँ अभियान नै सञ्चालन गरेका थिए । त्यहीमार्फत प्राप्त भएको ६ लाख ९ हजार ३६४ रुपैयाँ रामबहादुरको परिवार’लाई हस्तान्तरण गरिएको छ ।

    तर यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा उहाँको परिवारलाई खर्च जुटा’उन स’मस्या परेको छ ।वैदेशिक रोज’गारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दुर्घटना वा गम्भीर बिरामी भएमा सात लाख रुपैयाँ’सम्म उप’चार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था छ । तर उहाँको करार तथा भिसाको म्याद सकिएका कारण सरकारले उप’चार खर्च तथा आर्थिक सहयोग गरेन ।रामबहादुरले विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर उहाँ ग’म्भीर बिरा’मी हुँदा राज्यको सेवा पाउनुभएन । रामबहादुरका बुवा कागजात बोकेर सरकारले छोराको उ’पचार गरिदिने आशामा वैदेशिक रोजगा’र बोर्डमा धाउनुभयो । तर त्यहाँबाट पनि निराशा हात लाग्यो ।‘सरकारले हेर्नु त पर्ने हो है, तर म्याद सक्यो भन्छ’, रामबहादुरका बुवा थकित स्वरमा भन्नुहुन्छ, ‘छोराले कमाउन सम्म त देशलाई रेमिट्यान्स पठाइ’रहेको थियो नि, बिरा’मी पर्दा किन हेर्दैन सरकार ?’कोरोना महा’मारीका कारण साउदीमै अल्झिनु परेका कारण भिसा अवधि सकिएको भन्दै अ’पराध गरेको जस्तो सरकारले वि’भेद गर्न नहुने उहाँको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑