• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चाडपर्वले गाउँबस्ती खेलमय

  • वीरगंज संजाल
  • १५ आश्विन २०७९, शनिबार ०९:१६
  • १८०९

    वीरगंज । नेपालीको महान् चाड बडा दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिदा गाउँबस्ती खेलमय बनेका हुन् ।

    घरभन्दा टाढा रहेका मानिस चाडपर्वको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ ।

    जिल्लाका विभिन्न ठाउँमा चाडपर्वलाई लक्षित गरेर साना ठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् ।

    कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तिथलामा आदर्श युवा समाजले क्रिकेट प्रतियोगिता आयोजना गरेको छ ।

    “प्रत्येक वर्ष दसैँ र तिहारको अवसरमा क्रिकेट प्रतियोगिता राख्ने गरेका छौँ”, आदर्श युवा समाजका अध्यक्ष ज्ञानेश्वर जोशीले भन्नुभयो, “चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।”

    उहाँका अनुसार प्रतियोगितामा बेदकोट नगरका प्रत्येक वडाका एक÷एक टिम गरेर १० टिमको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेतालाई नगद रु एक लाख एक सय र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    “प्रत्येक वडाबाट एउटा टिम आउँछ, त्यहाँबाट खेलाडी छनौट गरेर नगरको टिम पनि तयार गरिन्छ”, अध्यक्ष जोशीले भन्नुभयो ।

    बेदकोट नगरपालिका–३ भम्कामा पनि फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

    चाडपर्वमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भम्कामा फुटबल प्रतियोगिता आयोजना गरिरहनुभएका सेक्युर्ड नेपालका अध्यक्ष प्रजापति भट्ट बताउनुहुन्छ ।

    “विद्यार्थीको बिदाको समय छ, चाड पर्वले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन् ।

    खेतीपाती सकेर चाडपर्वको यो समयमा अधिकतर फुर्सदमा छन्”, उहाँले भन्नुभयो, “त्यसैले चाड पर्व लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाड पर्वको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।”

    विद्यालय बिदा भएर फुर्सदिमा बनेका विद्यार्थी तथा युवायुवती चाड पर्वको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उहाँको भनाइ छ ।

    प्रत्येक वर्ष चाड पर्वको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको उहाँको भनाइ छ ।

    कञ्चनपुरको नौ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशि पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् ।

    कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायत ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायत खेल आयोजना भइरहेका छन् ।

    चाडपर्व सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “चाडपर्वले अहिले खेलकुद गतिविधि बढेका छन्, यसले खेल विकासमा टेवा मात्रै पुग्दैन, साथीभाइसँग भेटघाट हुनाले रमाइलो पनि हुन्छ ।”रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑