• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हजुरआमालाई आफन्तकोमा बस्छिन् भनिएकी घुम्दै जाँदा नातिनिले बृ द्धाश्रममा भेटेपछि…

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १४:३९
  • २३३७

    वीरगंज । भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सनले धेरैको ध्यान तानेको छ। पोस्ट गरिएको तस्बिरमा लेखिएको छ- एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृद्धाश्रम लगेको थियो,जहाँ एउटी छात्राको आफ्नी हजुरआमालाई भेटिन्। ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदार`कहाँ गएर बस्ने गरेको बताएका थिए। के यस्तै खालको समाज बनाइरहेका छौं हामी? केही समय अघि यो तस्बिर यति भाइरल भएको थियो कि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र क्रिकेटर हरभजन सिंहले समेत आफ्नो फेसबुर र ट्विटरमा सेयर गरेका छन्। गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले तस्बिरको कथा यसरी सुनाएका छन् : २००७ सेप्टेम्बर १२ । मेरो जन्मदिनको एकदिन पहिले। म बिहान ९ बजे घरबाट निस्कन लागेको थिएँ। श्रीमतीले भनिन्, ‘राति घर फर्किनु। किनकि आज राति १२ बजे केक काट्नुपर्छ।’ म खुसी हुँदै घरबाट निस्किएँ। केहीबेरमै मेरो मोबाइलमा अहमदाबादको मणिनगरस्थित जिएनसी स्कुलबाट फोन आयो।

    प्रिन्सिपल रीटा बहन पाण्ड्याले भनिन्, ‘म आफ्नो स्कुलका नानीहरु लिएर वृद्धाश्रम जाँदैछु। के तपाईं यो भ्रमणको फोटो कभर गर्न सक्नु|हुन्छ?’ म तयार भएँ र घोडा सरको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ। त्यहाँ एकातिर नानीहरु थिए भने अर्कातिर वृद्धाहरु। मैले वृद्धाहरुको साथ बस्न ती नानीहरुलाई आग्रह गरेँ ताकि राम्रो फोटो खिच्न सकूँ। जब उनीहरु नजिकै थिए, एक छात्रा वृद्धालाई देख्नासाथ सुँकसुँक गर्न थालिन्। अचम्म त यो थियो कि नजिकै रहेकी वृद्धा पनि ती छात्रालाई देखेर उसैगरी रुन थालिन्। त्यसपछि ती छात्रा हतारमा दौडिएर वृद्धासँग गइन् र अँगालोमा कस्सिइन्। यो देखेर त्यहाँ उपस्थित सबैजना अचम्मित भए। मैले ठिक त्यही बेला यो दृश्यलाई क्यामेरामा कैद गरेँ। मैले ती वृद्धासँग बुझ्न चाहेँ। उनी रोइरहेकै थिइन्। पछि थाहा भयो- उनीहरु हजुरआमा र नातिनी रहेछन्।ती छात्राले पनि वृद्धा आफ्नो ‘बा’ भएको बताइन्। गुजरातीमा हजुरआमालाई बा पनि भन्ने गरिन्छ। ‘हजुरआमा बिना मेरो जिन्दगी शून्य लाग्छ,’ उनले आँसु पुछ्दै भनिन्। उनले यो पनि सुनाइन् कि बुवाले हजुरआमा नातेदारकहाँ बस्न गएको बताएका थिए। तर वृद्धाश्रम पुगेपछि थाहा भयो, हजुरआमा कहाँ गएकी रहिछन्! हजुरआमा-नातिनीको यो सुखद मिलन देखे`पछि त्यहाँ भएका अरु वृद्धा र उनका साथीहरुका आँखा रसाएका थिए। त्यो भावुक माहोललाई सामान्य बनाउन नानीहरुले भजन गाउन थाले। यो तस्बिर पहिलो दिन दिव्य भाष्कर पत्रिकाको पहिलो पृष्ठमा छापिएको थियो। त्यसपछि पूरा गुजरातमा यही तस्बिरलाई लिएर निकै चर्चा पनि भयो। यो तस्बिरले धेरैलाई तरंगित बनाइदियो।

    मेरो ३० वर्षको करिअरमा पहिलो पटक यस्तो घटना भयो कि तस्बिर छापिएको पहिलो दिन एक हजारभन्दा बढीले मलाई फोन गरे। त्यो समय पूरै राज्यमा यो तस्बिरको विषयलाई लिएर चर्चा भएको थियो। ती बृद्ध महिलाको नाम दमयन्ती पंचाल हो । पछि फोटो निकै भाइरल भएपछि दमयन्तीले आफू आफ्नो खुसीराजीले बृद्धाश्रममा आएको बताएकी थिइन । साथै धेरै वर्षपछि फोटो भाइरल भएपछि उनकी नातिनी भक्तीले पनि यसरी फोटो भाइरल भएकोमा आश्चर्य व्यक्त गरेकी छन् । भक्तीले आफूले हजुर आमालाई अचानक बृद्धाश्रममा देखेका कारण रोएको तर उनी आफ्नै खुसीले बृद्धाश्रम गएको आफूलाई पछि थाहा भएको बताएकी छन् । भक्तीले १२ वर्षपछि त्यो फोटोलाई गलत सन्देश लेखेर भाइरल गराइएको भन्दै त्यसप्रति आपत्ती पनि जनाएकी छन् । उनले आफ्ना हजुरवुवाको मृत्यु भएदेखि नै हजुरआमाले बृद्धाश्रम जाने इच्छा आफ्ना आमावु|वालाई बताएको र त्यतिबेला बृद्धाश्रममा ठाउँ खाली नभ|एकोले उनी केही वर्षपछि बृद्धाश्रममा ठाउँ खाली भएपछि गएको स्पष्ट पारेकी छन् । उनले यसरी गलत रुपमा फोटो भाइरल भएको`ले त्यसप्रति दुःख पनि व्यक्त गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑