• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलालाई प्रत्यक्षमा टिकट नदिए ‘विद्रोह’ को चेतावनी

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १४:०९
  • १६३३

    सुर्खेत । आगामी निर्वाचनमा महिलालाई समानुपातिकमा मात्र सीमित नगर्न महिला नेतृहरुले आग्रह गरेका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ सम्मानजनक टिकट नपाए विद्रोह गर्ने चेतावनीसमेत उनीहरुले दिएका हुन् । हरेक दलले प्रत्यक्षतर्फ नै कम्तिमा ३३ प्रतिशत सिटमा महिलाको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । २०७४ को निर्वाचनमा दैलेखबाट समानुपातिकतर्फ निर्वाचित सांसद पार्वती विसुङ्केले आफूहरु प्रत्यक्षतर्फ चुनाव लड्न तयार रहेको बताइन् । ‘अहिले पनि दलहरुले महिलालाई पत्याउने अवस्था छैन,’ उनले भनिन्,‘महिलालाई समानुपातिकमै सीमित गर्न खोजिएको छ, यसपाली म प्रदेशसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न चाहन्छु । तर नेतृत्वले महिलालाई अवसर नदिने संकेत देखिएको छ, प्रत्यक्षमा ३३ प्रतिशत हिस्सा नपाए महिलाले दलभित्रै अन्तरसंघर्ष र विद्रोह गर्नेछौं ।’

    पाँच वर्षसम्म प्रतिनिधिसभामा काम गरेर अनुभव हाँसिल गरेको, जनतासँग निकट रहेको, विकासका मुद्दामा पैरवी गरेको र जित्ने सम्भावना भएकाले पनि आफूले प्रत्यक्षतर्फ टिकट पाउनुपर्ने उनको दाबी छ । महिलालाई ३३ प्रतिशतको हिस्सा समानुपातिकतर्फ मात्र दिने गरिएको भन्दै उनले यो हिस्सा अब प्रत्यक्षतर्फको टिकटमा पनि पाउनुपर्ने बताइन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत रहेकी उनले भनिन्,’समानुपातिक सांसदलाई संसदमै हेपाह व्यवहार गरिन्छ, त्यसैले पनि अब दलहरुले प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत सिटमा महिलालाई टिकट दिनुपर्छ । महिलाहरुबीच मात्र प्रतिस्पर्धा हुँदा महिलाकै सहभागिता सुनिश्चित हुन्छ, अबको निर्वाचनले ५० प्रतिशत महिला सहभागिता हुने अवस्था आउनुपर्छ ।’उनले दलहरुले युवा र महिलालाई अवसर दिन आनाकानी गर्ने गरेको गुनासो गरिन् । कर्णाली फाउण्डेशनले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको संसदमा महिला सहभागिता सम्बन्धि कार्यक्रममा दाङबाट समानुपातिकतर्फ निर्वाचित काँग्रेसका सांसद विमला नेपालीले पाँच वर्षसम्म संसदमा काम गर्दा आफूहरु अनुभवी बनेको बताइन् । संसदीय समितिमासमेत काम गरेर ज्ञान हाँसिल गरेको भन्दै उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न आफूहरु मानसिक रुपमा तयार रहेको बताइन् ।

    ‘महिलालाई अब समानुपातिकको सिटमा मात्र सिमित नगरियोस्,’ उनले भनिन्,‘हामीलाई प्रत्यक्षतर्फ पनि टिकट दिइयोस्, यदी पार्टीले प्रत्यक्षमा टिकट नदिए दलभित्रै संघर्ष र विद्रोह गर्न हामी तयार छौं । यस्तो अवस्थामा फरक दलको भए पनि महिला उम्मेदवारलाई जिताउन सबै पार्टीका महिलाहरु एक हुनेछौं, यसतर्फ सबै दलहरु बेलैमा गम्भीर बनुन् ।’ यस्तै कैलालीबाट निर्वाचित निवर्तमान सांसद लक्ष्मी चौधरीले आफूहरु प्रत्यक्षमा चुनाव लड्न सक्षम भए पनि दलहरुले आर्थिक हिसाब खोज्ने गरेको गुनासो गरिन् । उनले भनिन्,‘हामीले प्रत्यक्षमा चुनाव लड्न खोज्दा महिलाले पैंसा खर्च गर्न सक्दैनन् भनेर टिकट नै दिइन्न, महिलालाई विश्वास नै नगर्ने नेतृत्वका कारण समस्या भएको छ । तर हामीलाई प्रत्यक्षतर्फ नै अवसर दिइयोस्, अब ३३ प्रतिशतको नाराले मात्र महिला सहभागिता सुनिश्चित हुन सक्दैन ।’उनले पनि हरेक दलले प्रत्यक्षतर्फ पनि ३३ प्रतिशत महिलालाई टिकट दिएर प्रतिस्पर्धा गराउनुपर्ने बताइन् । अब ३३ प्रतिशतले मात्र नपुग्ने भन्दै महिला नेतृहरुले जनसंख्याको आधारमा पनि राज्यका हरेक निकायमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने बताए । यसका लागि अब आफूहरुले दलभित्रै संघर्ष गर्ने उनीहरुको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑