वीरगंज । प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा बावुलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका -११ स्थित बिजय नगर निवासी ४५ वर्षी बावु लौरंगलाल थारुलाई पक्राउ गरेको छ ।
बुधबार फुटेको बियरको बोतल छोराको पेटमा प्रहार गरी फरार रहेका थारुलाई शुक्रबार गुलरिया नगरपालिका -११ स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
घाइते भएका २० वर्षीय विवेक चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । नियन्त्रणमा लिएका थारुमाथि थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताएका छन् ।