• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय ग्राहकले धानेको ब्रह्मदेव बजार

  • वीरगंज संजाल
  • १३ आश्विन २०७९, बिहीबार १९:००
  • १९४१

    वीरगंज । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब १२ किलोमिटर उत्तरपश्चिम दूरी पार गरेपछि ब्रह्मदेव पुगिन्छ । महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन् । त्यसमा कोहीले होटल थापेका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल । भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो । बजारमा भेटिने अधिकांश नागरिक भारतका हुन्छन् । यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ । सदरमुकाम महेन्द्रनगर हुनुअघिसम्म ब्रह्मदेवबाट भारतसँग कारोबार हुने तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका लागि नुन, तेल, खाद्यान्नलगायतका सामान आपूर्ति हुने गरेको बूढापाका बताउँछन् । किसान नेता भीमदत्त पन्तले नुन कब्जा गरेर सर्वसाधारणलाई बाँडेको ठाउँलगायत लामो इतिहास बोकेको ब्रह्मदेव बजार भारतीय ग्राहकमा निर्भर छ । ‘अधिकांश ग्राहक भारतकै हुन्छन्, लत्ताकपडा तथा चाइनिज समान किनमेल गर्नका भारतीय नागरिक आउँछन्’, ब्रह्मदेवका व्यवसायी गोपालसिंह धामीले भने, ‘भारतीय ग्राहक नआएमा हाम्रो व्यापार नै हुँदैन ।’

    प्रत्येक वर्ष फागुपूर्णिमादेखि असार पूर्णिमा र दसैँमा भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा नवरात्रि मेला लाग्ने हुनाले यो समयमा ब्रह्मदेव बजारमा चहलपहल बढी हुने गरेको छ । ‘मौसमी बजार’ को उपमा समेत पाएको ब्रह्मदेव बजारका व्यापारीले अन्य समयमा भने ग्राहकको बाटो ढुकेर बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘नेपाली गाउँ खल्ला–मसेट्टी–टुँडीखेल र ब्रह्मदेवका ग्राहक पनि आउँछन् तर यहाँका धेरैजसो किनमेल गर्नका लागि महेन्द्रनगर र टनकपुरतिर जाने गर्छन्’, व्यापारी दत्तराज पनेरुले भन्नुभयो, ‘भारतीय ग्राहक नआउँदा हाम्रो व्यापार नै हुँदैन, यहाँको व्यवसाय भारतीय उपभोक्ताले धानेका छन् ।’यस वर्ष पूर्णागिरीमा लागेको नवरात्र मेला भएसँगै ब्रह्मदेव बजारमा नजिकै रहेको सिद्धनाथ मन्दिर दर्शन गर्ने भारतीय दर्शनार्थीको चहलपहल बढेको छ । पूर्णागिरि मेलाको दर्शन गरेका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका दर्शनार्थीको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरको दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

    ब्रह्मदेवको सिद्धनाथ मन्दिर दर्शन गर्नका लागि अहिले दैनिक १० हजारभन्दा बढी भारतीय दर्शनार्थी आइरहेका छन् । मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्स, बामल र तयारी कपडा रुचाउने गरेका छन् ।‘भारतीय उपभोक्तालाई लक्षित गरेर राखिएको बजार हो, मेला अवधिमा व्यवसाय राम्रै चल्छ’, ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘नवरात्र मेलाले अहिले भारतीय तीर्थालुको चहलपहल बढेको छ, व्यापार राम्रै भइरहेको छ ।’ अहिले एक सय ५० भन्दाबढी मानिस ब्रह्मदेव बजारमा व्यवसाय गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑