• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको नारायणी अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन

  • वीरगंज संजाल
  • १३ आश्विन २०७९, बिहीबार १६:४३
  • २१५३

    वीरगंज । वीरगन्जको नारायणी अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सन्चालनमा आएको छ । अस्पतालमा बिरामीको उपचारका क्रममा उत्पादन हुने जोखीमयुक्त र जोखीम रहित स्वास्थ्यजन्य वस्तुहरुको वैज्ञानिक व्यवस्थापनका लागि अस्पतालले स्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सन्चालनमा ल्याएको हो ।अस्पताल परिसरमै निर्माण गरिएको केन्द्रको बिहीबार औपचारिक उद्घाटन पनि गरिएको छ । बिहीबार उद्घाटनसंगै केन्द्र सन्चालनमा आएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र बहादुर प्रधानले बताए । युएनडिपीको आर्थिक सहयोगमा नारायणी अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणका लागि युएनडिपीले ११ करोड ९७ लाख रुपैया आर्थिक सहयोग गरेको निमित्त मेसु प्रधानले जानकारी दिए ।

    प्रधानका अनुसार , अस्पतालबाट दैनिक १७० केजी स्वास्थ्यजन्य फोहोर उत्पादन हुदै आएको छ । बिहीबार देखि सन्चालनमा आएको केन्द्रमा जडान गरिएको मेशीनबाट प्रतिघण्टा ५० केजी स्वास्थ्यजन्य फोहोरवस्तु प्रशोधन गर्ने क्षमता रहेको छ । यसअघि अस्पतालमा बिरामीको उपचारका क्रममा निस्कने स्वास्थ्यजन्य फोहोर वस्तु , अस्पताल परिसरकै खाली जग्गमा अव्यवस्थित रुपमा फालिने गरिएको थियो । जोखीम र प्रदुषणयुक्त ती फोहोर वस्तुका कारण अनेक किसिमका समस्या हुने गरेको थियो । तर अब केन्द्र सन्चालनमा आएपछि भने स्वास्थ्यजन्य फोहोरको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न थालिएको र यसले अस्पताल र आसपासका क्षेत्रमा वातावरणीय प्रदुषण पनि नहुने अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहले बताए । केन्द्रमा स्वास्थ्यजन्य फोहोर वस्तु प्रशोधन गरेर ठोस फोहोरहरु बिक्री गर्दा अस्पतालको आन्तरिक आम्दानी पनि बढ्ने भएको सिंहले बताए । उनले भने ,‘ प्रशोधित फोहोर मध्ये नष्ट गर्नु पर्ने फोहोर महानगरपालिकाको ल्याण्डफिल साइटमा पठाउछौ , पुन प्रयोग गर्न मिल्ने (प्लाष्टिक जन्य वस्तु) ठोस फोहोर भने हामी आफै बिक्री गर्छौ , त्यसको आम्दानीबाट तीन चार जना कर्मचारीलाइ तलब पनि खुवाउन सक्छौ ।

    सिंहले भने ,‘ अहिले सम्म अस्पतालका लागि ठूलो चुनौत भनेकै अस्पतालबाट निस्किने स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन नै थियो तर अब त्यहि फोहोरलाइ बेचेर हामी मोहोर कमाउछौ । बिहीबार देखि सन्चालनमा ल्याइएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन युएनडिपी नेपालका क्षेत्रीय निर्देशक बर्नाडो कोको ले गरेका हुन् । अस्पतालका निमित्त मेसु प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्र्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्याय , अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल , मधेस विश्वविधालयका प्राध्यापक डाक्टर दिपक शाक्य , स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह , नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल , पर्साका प्रहरी उपरिक्षाक रमेश बस्नेत लगायतको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑