वीरगंज । राजन कुमार बानिया । नेपाल भारतको सिमा नाका ईनार्वा एसएसबीले ४२ किलो ग्राम लागू अौषध गाँजा समेत पकाउ गरेका नेपाली गाँजा तस्कर ईनार्वा प्रहरीको थुनुवा कोठाबाट फरार भएको छ ।
फरार भएका गाँजा तस्कर पर्सा जिल्लाको जगरनााथपुर गाउँपालिका को जानकिटोल दसौता गाउँ निवासी २५ वर्षिय अात्मा राउत रहेको छ।ईनार्वा थाना प्रभारी प्रकाश कुमारका अनुसार अात्मा राउतले सोमबार को साझ मोटरसाईकलमा नेपाल बाट गाँजा लिएर भारत तर्फ अाईरहेको अस्थामा चेकजाँच गर्ने क्रममा ईनार्वा एसएसबीले ४२ किलो गाँजा समेत पक्राउ परेको थियो ।
एसएसबीले ईनार्वा थानामा बुझाएको थियो । मंगलबारको साझ गाँजा तस्कर ईनार्वा प्रहरी लाई बुझाएको थियो। प्रहरीको थुनावा कोठा बाट सुरक्षामा खटेका प्रहरी लाई चकमा दिएर फरार भएको छ।फरार तस्करको खोजतलास भईरहेको छ ।