• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समानुपातिकमा शेखर समुहलाई सम्मानजनक हिस्सा दिन देउवा तयार

  • वीरगंज संजाल
  • १२ आश्विन २०७९, बुधबार १५:२७
  • १९०९

    वीरगंज । समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन्। मंगलबार साँझ र बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूचीमा हेरफेर गर्न तयार रहेको बताए। निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ।

    बुधबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले पाउने सिटको विषयमा पनि आज (बुधबार) टुंगोमा पुगिने र समानुपातिक उम्मेदवारको सूचीमा पनि हेरफेर गरिने बताए।समानुपातिकको बन्दसूची पेस गर्दा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले भेदभाव गरेको तथा आफूहरुलाई पेलेको भन्दै कांग्रेसमा इतर पक्ष (नेता कोइराला पक्ष)ले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो। कोइराला पक्षका नेताहरुले आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए।कोइराला पक्षले घोषणा गरेको आन्दोलनअनुसार इतर पक्षका नेता/कार्यकर्ताले बुधबारदेखि पार्टी मुख्यालय सानेपामा धर्ना दिँदैछन्।कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पार्टी नेतृत्वसँगै आफूहरुमाथि भएको ‘अन्याय’बारे गठबन्धनका शीर्ष नेताहरुको समेत ‘ध्यानाकर्षण’ गराएका थिए।गठबन्धनका नेताहरुको व्यवस्थापनका कारण आफूहरुको राजनीति ‘दाउ’मा पर्न गएको भन्दै इतर पक्षका नेताहरुले गठबन्धनका अरु नेतालाई पनि चुनावमा जित निश्चित छ भनेर ढुक्क नहुन चेतावनी दिएका थिए।

    त्यसपछि गठबन्धनका शीर्ष नेताहरुले पनि प्रधानमन्त्री देउवालाई पार्टी भित्रको विवाद मिलाउन दबाब दिएका थिए। पार्टी भित्र र बाहिर (गठबन्धनका नेता)बाट समेत दबाब आएपछि देउवाले पदाधिकारी बैठक राखेर विवाद मिलाउने प्रयास थालेका हुन्। कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले समानुपातिक उम्मेदवारको सूची पेस गर्ने सन्दर्भमा भएको कमजोरी सच्याउन पार्टी सभापतिबाट प्रतिबद्धता व्यक्त भएको बताए। असन्तुष्टि राख्ने नेताहरुसँग पनि देउवाले आफू छलफल गर्न तयार रहेको भनेर बैठकमा जानकारी गराएको पाण्डेले बताए।‘पार्टी भित्रको विवाद बसेर, छलफल गरेर मिलाउन सकिन्छ। अहिले आन्दोलन घोषणा गरेर विभाजित हुनु हुँदैन भन्ने उहाँ (देउवा)को भनाइ छ,’ पाण्डेले भने।समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नि आरजु राणा देउवा, गृहमन्त्री तथा देउवानिकट नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार लगायतलाई प्राथमिकता दिएर राखिए पनि इतर पक्षका पुराना क्रियाशील तथा शीर्ष नेताहरुलाई पनि सूचीमा पछि पारेको भन्दै शेखर पक्षका नेताहरुले बैठकमा असन्तुष्टि जनाएका थिए।देउवाले तत्कालीन समयमा आयोगमा सुची बुझाउन हतार भएका कारण धेरै कुरा नमिलेको, अब सच्चाउँदा मिलाएर लैजाने जवाफ दिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑