• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज सुधारगृहमा रहेका एक किशाेरकाे उपचार अभावमा मृत्युु

  • वीरगंज संजाल
  • ९ आश्विन २०७९, आईतवार १२:४२
  • ८३६९

    वीरगंज । जबर्जस्ती करणी अभियाेगमा वीरगन्ज स्थित बाल सुधारगृहमा रहेका १७ वर्षीय किशोरको बुधबार मृत्यु भएको छ । रौतहट राजपुर नगरपालिका–४ का जितेन्द्र साहको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । अभिभावकले भने उपचार अभावमा साहकाे मृत्यु भएको दाबी गरेका छन् । तिघ्रामा घाउ भएपछि उनलाई अन्तिम अवस्थामा भदौ २७ गते सुधारगृह प्रशासनले अस्पताल लगेको परिवारको भनाइ छ । उपचारमा संलग्न चिकित्सक डा. खालिफ हसनले भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा शरीरभरि घाउको पीपले संक्रमण फैलिएको बताए । ‘शरीरमा रगत अभावसँगै श्वास–प्रश्वासको समस्या थियो, शरीरभरि संक्रमण फैलिइसकेको थियो, पल्स र बीपी पनि आएको थिएन,’ उनले भने, ‘रेफर गर्न भने पनि कसैले वास्ता गरेनन्, त्यसैले उनलाई जोगाउन सकेनौं ।’ अन्तिम अवस्थामा पुगेपछि मात्र उनलाई अस्पताल ल्याइएको डा. हसनले बताए । मृतकका हजुरबुबा बारा सिम्रौनगढ–८ कचोर्वाका रामनाथ साहले नातिलाई सुधारगृहमा गएदेखि नै प्लास्टिकको पाइपले कुटेपछि घाउ भएको आरोप लगाए । ‘घाउ दुखेपछि सुधारगृहले सामान्य दुखाइ कम गर्ने औषधि दिन्थ्यो, त्यही घाउ बल्झिएर ठूलो भयो तर समयमा उपचार गराइएन,’ उनले भने, ‘नातिले एउटा कसुर गर्दा कैदी जीवन पनि बितायो । मृत्युदण्ड दिएझैं जीवन पनि समाप्त भयो, समयमा उपचार गराएको भए उसको ज्यान जोगिन्थ्यो ।’

    नातिको औषधि किनेको २० हजार रुपैयाँ पनि सुधारगृहले तिर्न लगाएको साहको भनाइ छ । आमा शर्मिलाले छोरालाई मृत्युदण्ड दिएसरह भएकाले आफूले न्याय पाउनुपर्ने बताइन् । ‘मेरो बिरामी छोरालाई समयमा उपचार गराइदिएन,’ उनले भनिन्, ‘आफूले नसकेको भए हामी उपचार गराउँथ्यौं ।’ जितेन्द्रको शव अस्पतालबाट बुझेर आफन्तले दाहसंस्कार गरिसकेका छन् । उनका बुवा राकेश भने ५ वर्षअघिको दुर्घटनाबाट थला परेका छन् । ‘जितेन्द्रको मृत्युले पछुतो छ, तनाव छ,’ सुधारगृह प्रमुख टीकाकृष्ण काफ्लेले भने, ‘उनलाई बचाउन सक्दो प्रयास गरे पनि सफल हुन सकेन ।’ आफ्नो मुद्दामा रौतहट जिल्ला अदालतबाट फैसला भएदेखि नै जितेन्द्र तनावमा आएको र त्यसपछि खाना खान र सुत्न कम गरेको उनको भनाइ छ । ‘खाना र सुत्न कम गरेपछि शरीरमा इम्युनिटी घटेछ, देब्रे तिघ्रामा घाउ भयो, दाहिने पैंताला सुन्निन थाल्यो,’ उनले भने, ‘नारायणी अस्पतालमा नियमित उपचार गराउँदा पनि पैंताला सुन्निने समस्या घटेन ।’ अस्पतालका चिकित्सकको सल्लाहमा खुट्टाको एक्सरे गर्दा घाउ पाकेर पीप जमेको र शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिएको उनले बताए । ‘हामी तत्काल अप्रेसन गराउन तयार भयौं तर रगतमा हेमोग्लोबिनको मात्रा कम थियो, प्रोटिन पनि घटेको देखियो,’ उनले भने, ‘भदौ २८ गते अप्रेसन गरियो, ३ पाउन्ड रगत पनि दिइयो ।’ अस्पताल भर्ना गर्नुअघि आमा शर्मिलालाई बोलाएर उनकै प्रत्यक्ष रोहबरमा सबैखाले उपचार गरिएको काफ्ले दाबी गर्छन् । सुधार हुँदै गएपछि आईसीयूबाट जनरल वार्डमा राखे पनि पुन: समस्या देखिँदा चिकित्सकले आईसीयूमा भर्ना गर्न सुझाव दिए । तर, आईसीयूमा शय्या खाली नभएपछि आफूले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतलाई आग्रह गरेर अस्पतालमा जसोतसो शय्याको व्यवस्था गरेको काफ्ले बताउँछन् । ‘असोज २ गते आईसीयूमा राखेर उपचार सुरु गरियो, औषधि यहाँ नपाइने भएपछि भारतको रक्सौलबाट समेत मगायौं,’ उनले भने, ‘सोमबार राति श्वासप्रश्वासमा समस्या आएपछि चिकित्सकले तुरुन्तै भेन्टिलेटरमा राख्न सुझाए, हामीले उनकी आमालाई पनि के गर्ने भनेर सोध्यौं, उहाँले छोरा बचाउन जे सही हुन्छ गर्नुस् भनेपछि भेन्टिलेटरमा राखेका हौं ।’

    भेन्टिलेटरमा पनि सुधार नआएपछि अस्पतालले अन्यत्र रिफर गर्‍यो । ‘सरकारी अस्पतालबाट अन्यत्र लग्न गृह मन्त्रालयको आदेश आवश्यक पर्छ, बुधबार १० बजे मन्त्रालयको आदेश पनि प्राप्त भयो,’ सुधारगृह प्रमुख काफ्लेले भने, ‘तर, बुधबार मध्याह्न १२ बजेपछि पल्स गिर्न थाल्यो, बुधबारै दिउँसो ३ बजे उनको मृत्यु भयो ।’ उपचार भइरहँदा उनको अवस्थाबारे गृह मन्त्रालयदेखि कारागार विभाग र स्थानीय प्रहरी प्रशासनलाई समेत जानकारी गराएको उनले बताए । ‘पक्राउ परेको बेला प्रहरीले कुट्दा घाउ भयो कि के भयो थाहा भएन, हामीले कहिल्यै कुटेनौं,’ काफ्ले भन्छन्, ‘बरु उनलाई बाल परामर्शकर्ताबाट बेलाबेला परामर्श दिने काम पनि गरेका थियौं ।’ सुरुमा आँखा र छालामा समस्या भएपछि औषधि दिइएको उनले बताए । सुधारगृहमा बालबालिका कुट्ने, मानसिक तनाव दिने कुरा सामान्य भइसकेको एक बाल कल्याण अधिकारी बताउँछन् । ‘मानसिक यातना र कुटाइले बच्चाहरू आत्महत्या गर्नेसम्मको अवस्थामा पुग्छन्,’ उनले भने, ‘कतिपय ठाउँमा खुट्टा भाँचिएका र टाउको फुटेका घटना पनि उजागर भएका छन् ।’गाउँकै एक नाबालिकालाई २०७७ जेठ ३० मा करणी गरेको कसुरमा जितेन्द्रलाई रौतहट जिल्ला अदालतले २०७८ वैशाख १४ मा दोषी ठहर गर्दै ५ वर्ष ३ महिना कैद सजाय र ५ हजार जरिवाना गरेको थियो । त्यसयता उनी सुधारगृहमा कैदी जीवन बिताइरहेका थिए । उच्च अदालत वीरगन्ज अस्थायी इजलासले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । ६० कैदी क्षमताको सुधार गृहमा १ सय १८ बालकैदी छन् । उपचार खर्चबापत सरकारले वार्षिक २ लाख बजेट मात्र उपलब्ध गराउँदा समस्या हुने गरेको काफ्लेले बताए । साभार: कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑