• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा चिडियाखाना निर्माणको काम शुरु : भाठा देखि ठोरी सम्म केबुलकार पनि बनाउने मन्त्री यादवको घोषणा

  • वीरगंज संजाल
  • ६ आश्विन २०७९, बिहीबार १७:२६
  • २२७७

    वीरगंज । वीरगन्जमा प्राकृतिक चिडियाखाना (ओपेन जु) निर्माणको काम शुरु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ रामवन स्थित सबैया साझेदारी वनको जग्गामा नेपाल सरकारले पर्सा प्राणी उद्यान नाम दिएर प्राकृतिक चिडियाखाना निर्माण गर्न लागेको हो । सबैया साझेदारी वनको ५० हेक्टर (७५ बिघा) क्षेत्रफलमा १ अर्ब १ करोड ७ लाख रुपैयाको लागतमा निर्माण गर्न चिडियाखानाको बिहीबार शिलान्याश गरिएको छ ।बिहीबार वन तथा वातावरण मन्त्री प्रदीप यादवले चिडियाखाना निर्माणको शिलान्याश गरेका हुन् ।भदौ २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएपछि बिहीबार त्यसको शिलान्याश गरिएको हो । बिहीबार शिलान्याश गरिएसंगै चिडियाखाना निर्माणको काम औपचारिक रुपमा शुरु भएको वन तथा भूसंरक्षण विभागका महानिर्देशक दिपेशमणी त्रिपाठीले बताए ।यो चिडियाखानामा वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पताल पनि निर्माण गरिने जानकारी उनले दिए । चिडियानाको निर्माण तीन चरणमा पुरा हुने भन्दै उनले भने ,‘ पहिलो संरचना निर्माणको काम हुन्छ , दोश्रो यसमा राखिने जीवजन्तुको जोहो गरिन्छ र तेश्रो भनेको यहा पर्यटन विकासको काम गर्नुपर्छ ।वीरगन्जमा बन्न लागेको चिडियाखाना ओपेन जु (प्राकृतिक चिडियाखाना) रहेको उनले बताए ।

    त्रिपाठीले भने,‘ यो ओपेन जु हो , यसमा वन्यजन्तुहरु पिजडा वा खोरमा बन्दी हुैदनन् , खुल्ला रहन्छन् ,पर्यटकहरु भने बन्द गाडी भित्र बसेर चिडियाखाना भित्र घुम्छन् ।यो चिडियाखानामा नेपालको हिमाल , पहाड र तराइमा पाइने सबै प्रकारका वन्यजन्तुका साथै समुन्द्री जीवजन्तुहरु पनि राख्ने परिकल्पना गरेको उनले बताए । शीलान्याश समारोहमा बोल्दै वनमन्त्री यादवले बाल्यकाल देखिको आफनो सपना साकार हुन लागेको बताए । उनले भने ,‘ एसएलसीको जाँच दिएपछि घुम्न म काठमाण्डौ गएका बेला जावलाखेलको सदर चिडियाखाना गएको थियो , त्यहा जादा हाम्रो वीरगन्जमा पनि यस्तै चिडियाखाना भइदिए कस्तो राम्रो हुन्थ्यो भन्ने कल्पना गरेको थिए , आज सौभाग्यवश गृहनगर वीरगन्जमा आफनै हातले चिडियाखानाको शिलान्याश गरेको छु ,त्यो बेलाको मेरो सपना आज साकार हुदैछ । मन्त्री यादवले वीरगन्जमा बन्न लागेको यो चिडियाखाना , मधेस प्रदेशको मात्र नभइ देशकै नमूना चिडिखानाका रुपमा निर्माण हुने बताए ।वीरगन्जमा निर्माण हुने चिडियाखाना ललितपुरको सदर चिडियाखाना जस्तो नभइ प्राकृतिक चिडियाखाना (ओपेन जु ) रहेको पनि उनले बताए । यो चिडियाखाना घुम्न नेपाल र भारतका मात्र नभइ तेश्रो मुलुकका पर्यटकहरु पनि आउने विश्वास आफुले लिएको उनले बताए ।उनले बिहीबार शिलान्याश गरिएको चिडियाखानाको निर्माण कार्य जति सक्दो छिटो अघि बढाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाललाइ निर्देशन पनि दिए । उनले सात वटै प्रदेशमा एक एक वटा चिडिखाना बनाउने घोषणा पनि गरे । मन्त्री यादवले भने ,‘ यहि कार्यक्रमबाट घोषणा गर्छु हरेक प्रदेशमा एक एक वटा प्राकृतिक चिडियाखाना सरकारले बनाउछ । मन्त्री यादवले अहिले चिडियाखाना निर्माण हुन लागेको रामवन देखि पर्यटकीय स्थल ठोरी सम्म केबलकार निर्माण गरिने पनि उद्घोष गरे ।उनले भने ,‘ केबलकार निर्माणका लागि आन्तरिक रुपमा सर्वेको काम अहिले भइरहेको छ । शिलान्याश समारोहमा बोल्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति प्रयाप्त रुपमा कोषले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

    अधिकारीले पनि भने ,‘ हाम्रो पनि सोच छ यस्ता चिडियाखाना हरेक प्रदेशमा बन्नु पर्छ , त्यसका लागि कोष तयार छ ।वीरगन्जमा बन्न लागेको चिडियाखानाले मधेस प्रदेशको पर्यटन विकासमा ठूलो मदत गर्ने पनि उनले बताए । वीरगन्ज ३२ का वडा अध्यक्ष रियाज आलमले विकासका सवाल सधै पछाडि पारिएको आफनो वडामा देशकै नमूना चिडियाखाना बन्न लाग्दा वडावासी निक्कै हर्षित भएको बताए । उनले भने ,‘ चिडियाखाना नबन्दै सडक कालोपत्रेको ठेक्का लागि सक्यो , चिडियाखाना बनेपछि यहाका युवाले रोजगारी पाउछन् , देशविदेशबाट पर्यटक घुम्न आउछन् , यहा व्यपार व्यवसाय पनि फस्टाउछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालको अध्यक्षतामा आयोजित शिलान्याश समारोहमा प्रदेशसभा सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारी , बाराको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल , पर्साको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, सबैया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष लखनलाल साह ,पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक यादव लगायतले पनि मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्य भीमा यादव , जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,वीरगन्ज ३१ का वडाअध्यक्ष जितेन्द्र यादव , वीरगन्ज ३० का वडाअध्यक्ष मनोज यादव , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , वीरगन्ज १५ का वडा अध्यक्ष रमेश यादव , वीरगन्ज १८ का वडा अध्यक्ष उमाशंकर तिवारी , जसपाका जिल्ला सचिव तबरेज अहमद , महानगर अध्यक्ष इश्वरचन्द्र यादव लगायतको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑