वीरगंज । श्री रमाज्ञ साह प्राथमिक विद्यालयमा अध्ययनरत एक छात्रालाई उपकार सेवा नेपाले ह्विल चेयर प्रदान गरेको छ । जिल्ला समनवय समिति पर्साको सहकार्यमा सामाजिक संस्था उपकार सेवा नेपाले एक जना छात्रालाई ह्विल चेयर उपलब्ध गराएको हो ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले ह्विल चेयर हस्तान्तरण गरेकी हुन् । पर्साको छिपहरमाई गाउँपालिकाको भेडिहर्वास्थित रमाज्ञ साह प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय गीता कुमारी तत्वालाई ह्विल चेयर प्रदान गरिएको संस्थाकी अध्यक्ष सरावगीले बताइन् ।
असहाय, अशक्त एवम् गरिब तथा विपन्नहरुलाई सहयोग गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको उनको भनाई छ । संस्थाका सदस्य सजन अग्रवाल, समाजिक संस्थाबाट कञ्चन कुमारी श्रीवास्तव र विद्यालयका प्रधानाध्यापक सुरेश साह लगायतको रोहवरमा ह्विल चेयर हस्तान्तरण गरिएको हो ।