वीरगंज । मध्य तराईकै सबैभन्दा ठूलो सरकारी अस्पताल नारायणी अस्पताल,बीरगन्जमा बिरामीहरुले उचित उपचार नपाएको बाराको प्रसौनी गाउँपालिका वडा–३ नौतनकी ६५ वर्षीया रजपतियादेवीका परिवारजनले यस्तो गुनासो गरेका हुन् । बिगत चार दिनदेखि अस्पतालमा भर्ना भए तापनि अस्पतालले प्रभावकारी सेवा नदिएको उनको परिवारजनको गुनासो छ ।
रजपतियादेवीकी ज्वाइँ सामानन्दप्रसाद साहका अनुसार चार दिनअघि पेट दुखेको समस्या लिएर अस्पताल पुगेकी सासू रजपतिपादेवी फोहोर शौचालय चिप्लो हुँदा लडेकी थिइन् । पेट दुखाइको उपचार गराउन आएकी उनको मेरुदण्डको हाड पनि भाँचियो । वृद्धालाई चार दिन बितिसक्दा पनि प्रत प्लास्टर गरिएको छैन भने उनको उपचार गर्न कुनै चिकित्सक नआएको स परिवारजनको आरोप छ ।
मङ्गलवार सिटीस्क्यान गरेर उपचार अघि बढाइने स्वास्थ्यकमीहरूले बताएका छन् । शनिवारदेखि तीन दिन बिदा भएको भन्दै चिकित्सकहरु उपचार गर्न नआएको बुझिएको छ । नको परिवारजनले अस्पताल व्यवस्थापन पक्षसँग उपचारमा सहजता ल्याउन अपील गरेका छन् । यो खबर प्रतिक दैनिकले आफ्नो पहिलो पृष्टमा समाचार छापेको छ । साभाल : नेपाल पोस्ट डेली