वीरगंज । रामजी यादव । बाबा बी फिल्मस प्रोडक्सन बीरगंज पर्सा द्वारा आयोजित शर्ट मुभी एसिड एटैक्क को बिमोचन तथा कलाकारहरुलाई सम्मान कार्यक्रम अनमोल पाटी पैलेश बीरगंजमा सम्पन्न भएको छ सो कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिका वडा नं.२० का वडाध्यक्ष रामकिशोर सिंहले शर्ट मुभी एसिड एटैक्क को बिमोचन तथा उद्घाटन गर्नु भाएको थियो।बाबा बी फिल्मस प्रोडक्सन बीरगंज पर्सा द्वारा निर्मित शर्ट मुभी एसिड एटैक्कमा भाग लिएका बिभिन्न कलाकारहरुलाई हौसला बढाउने उदेश्यले अवार्ड सहित गम्छा ओढाई टिका लगाई प्रमाण पत्र प्रदान गरिएको थियो।
बाबा बी फिल्मस प्रोडक्सनले बिभिन्न संञ्चार माध्यममा आबद्ध पत्रकारहरुलाई गम्छा ओढाई टिका लगाई सम्मानित गरिएको थियो भन्ने भारत बिहारबाट आएका बिभिन्न पत्रकारहरुलाई गम्छा ओढाई टिका लगाई सम्मान समेत गरिएको थियो।बाबा बी फिल्मस प्रोडक्सन बीरगंज द्वारा निर्मित शर्ट मुभी एसिड एटैक्क मा रियल घटना प्रति आधारित समाजमा बढिरहेको कुरिती ,बिकृति,बिसंगति र कुप्रथालाई अन्तय गर्ने उदेश्यले फिल्मलाई निर्माण गरिएको लेखक तथा गितकार कृष्णा हमराहीले बताउनु भयो।बाबा बी फिल्मस प्रोडक्सन बीरगंज पर्साले समाजमा भईरहेको बिकृती र कुप्रथालाई अन्तय गर्ने सोच र बिश्वासका साथ अडियो,भिडियो र शर्ट मुभीको निर्माण हुन लागेको बताईएको छ।बाबा बी फिल्मस प्रोडक्सनका कलाकारहरु सोम्या पोखरेल ,मुखलाल प्रसाद, सुरेन्द्र यादव,श्रुती सहनी,नेहा यादव,पुनम चौधरी लगायतले नृत्य कला प्रस्तुत गरेका थिए।
बाबा बी फिल्मस प्रोडक्सन पर्सा द्वारा रिलीज फिल्म जुल्मी दहेज, शर्ट मुभी बिटिया रानी,दोस्ती का फर्ज,र एसिड एटैक्क,लगायत धेरै जसो जनचेतना मुलक समाजिक पारिवारिक फिल्म रिलीज भईसकेको र हरेक दर्शकको माया प्रेम सल्लाह र सफलता प्राप्त गरेको फेरि आगामी दिनमा पनि सामाजिक तथा पारिवारिक शर्ट मुभी सुन्दर र सलिल संदेश र उपदेश मुलक समाजमा राम्रो मैसेज दिने उदेश्यले फिल्म निर्माण गर्न लागिएको डाईरेक्टर कृष्णा पंडीतले बताउनु भयो। बाबा बी फिल्मस द्वारा निर्मित भोजपुरी शर्ट मुभी एसिड एटैक्कको बिमोचन तथा कलाकार सम्मान कार्यक्रम कैमरामैन तथा डाईरेक्टर कृष्णा पंडीतको अध्यक्षत्तामा भएको कार्यक्रममा बिशिष्ट अतिथी लो.स.पा.का नेता तथा सामाजिक अभियान्ता ओमप्रकाश श्राफ,समाजिक अभियान्ता प्रकाश थारु,अधिवक्ता सुरेन्द्र प्र.कुर्मी,निर्माता शिव पटेल,पत्रकार आशिक अंसारी,जगत राई,कृष्णा श्रीवास्तव लगायतले फिल्मको बारेमा सल्लाह सुझाव र आ-आफ्नो प्रतिकृया दिई शुभकामना मन्तव्य राखेका थिए।बाबा बी फिल्म द्वारा निर्मित भोजपुरी शर्ट मुभी एसिड एटैक्कको बिमोचन तथा सम्मान कार्यक्रममा समाजमा भएको कुरिती ,बिकृती,र कुप्रथा लाई अन्तय गर्ने बाबा बी फिल्मसको मुख्य उदेश्य रहेकोले बिभिन्न बक्ताहरुले सल्लाह सुझाव र आ-आफ्नो प्रतिकृया दिदै सधै बिभिन्न माध्यमबाट सधै सहयोग गर्ने आस्वासन दिनु भयो।
बाबा बी फिल्मस प्रोडक्सन द्वारा निर्मित भोजपुरी शर्ट मुभी एसिड एटैक्कका कलाकारहरुमा निर्माता भुवन पंडीत, डाईरेक्टर कृष्णा पंडीत,लेखक तथा गीतकार कृष्णा हमराही,मैनेजिङग डाईरेक्टर ज्ञानेन्द्र कुमार सिंह,मुखलाल प्रसाद,सोम्या पोखरेल,मेकअप -मैन नेहा साह, सुरेन्द्र यादव,भागिरथ साह,संगीता तिवारी,नर्मदा श्रेष्ठ,नेहा यादव,किरण साह,पशुराम कुशवाहा,गणेश यादव,बिरबल पासवान,श्रुती सहनी,नितेश निर्मल,रानी पासवान लगायत बिभिन्न रेडियो, अनलाईन ,पत्र-पत्रिकाका सञ्चारकर्मीहरुको उलेस्निय सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण बाबा बी फिल्मसका लेखक तथा गितकार कृष्णा हमराहीले गर्नु भएको थियो।