वीरगंज । सशस्त्र प्रहरीले अबैध रूपमा नेपालमा गुडदै आएको गाडी नियन्त्रणमा लिइ भन्सार चलान गरेको छ । सोमबार बिहान ९:०० बजेको समयमा पर्साको बीरगंज म.न.पा.- १६ स्थित भन्सार रोडमा बि.ओ.पि. वीरगंजबाट खटिएको ७ जनाको गाडी मोबाईल टोलिलाई देखना साथ BR 30 AE 9189 ईन्जिन नं. GMB4G58142 चेचिस नं. MA1TA2GMKB2G15957 को भारतीय गाडी (स्कार्पियो) छाडि सवारी चालक भागेका थिए ।
सशस्त्र प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा २०७९।०३।३२ गते एक दिनको लागी मात्र गौर भन्सार कार्यालय रौतहटबाट राजस्व तिरी प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरेको देखिएकाे थियो ।
मिति २०७१।०४।०१ गते देखी हाल सम्म ६५ दिन सम्म अवैध रुपमा नेपालमा बसेको पाईएको हुदाँ मुल्य रु. ३५,००,०००/- (पैतिस लाख) बराबरको उक्त गाड़ी नियन्त्रणमा लिई आवश्यक कारवाहीकाे लागि बीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण बीरगन्जले जनाएकाे छ ।