वीरगंज । पर्साको बहुद्रमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह तेलीलाई डेंगु देखिएको छ । काम विशेषले काठमाडौंमै रहेका पूर्व मेयर तेलीलाई ज्वरोसँगै श्वास लिनमा कठिनाई महशुस भएपनि उचारको लागि सोमवार अस्पताल पु¥याइएको थियो ।
स्वास्थ्य जाँचपछि डक्टरले डेंगु भएको पुष्टी गरेको तथा अस्पतालमै भर्ना गर्न सल्लाह दिएपछि तेलीलाई नर्विक अस्पतालमा भर्ना गरिएको उनीसँगै रहेका पर्सा क्षेत्र २ का क्षेत्रिय सभापती साहावुदिन अंसारीले बताए । उनको अवस्था अहिले ठिक रहेको तथा स्वास्थ्यमा क्रमिक सुधार भईरहेको सभापती अंसारीले बताए ।
नेपाली कांग्रस पर्साले नेता तेलीको नाम पार्स क्षेत्र नं.२ को “क” बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रत्यक्ष तर्फ १ नम्बरमै सिफारिस गरेको छ । पुर्व मेयर तेली बहुरमाई नगरपालिका वडा नं. ३ निवासी हुन् ।