• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन सुरक्षामा ८ अर्ब ८२ करोड खर्च, म्यादीसहित सवा दुई लाख सुरक्षाकर्मी परिचालिन गरिने

  • वीरगंज संजाल
  • ३० भाद्र २०७९, बिहीबार १५:४८
  • १८२१

    वीरगंज । अर्थ मन्त्रालयले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा खटिने सुरक्षाकर्मीका लागि ८ अर्ब ८२ करोड २१ लाख निकास दिने भएको छ । निर्वाचन आयोगका अनुसार सुरक्षा प्रयोजनका लागि आवश्यक सवारी साधनसमेत यही रकमबाट खरिद गर्ने गरी अर्थले उक्त रकम स्वीकृत गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले राष्ट्रय अनुसन्धान विभागसहित ७१ हजार ६ हाराहारी प्रहरी परिचालन गर्ने जनाएको छ । हाल नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्रमा ३७ हजार जनशक्तिको दरबन्दी छ । यसमा प्रहरीबाट ६२ हजार र सशस्त्रबाट ३२ हजार जनशक्ति चुनावमा खटाउने गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरेको छ । तर, अर्थले भने १ लाख १५ लाई मात्रै भर्ना गर्न बजेट स्वीकृत गरेको छ । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको थियो । अहिले प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ । उम्मेदवारको संख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको बताइएको छ । निर्वाचन प्रयोजनका लागि कुल १९ अर्बको आंकलन गरिएको छ ।

    अर्थ मन्त्रालयकाअनुसार निर्वाचन आयोगलाई १० अर्ब तथा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीका लागि ८ अर्ब ८२ करोड २१ लाख छुट्याइएको छ । आयोगले सरकारसँग ११ अर्ब रुपैयाँ मागेकामा १ अर्ब घटाएर खर्चको सहमति दिइएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रस्ताव गर्दै करिब ७ अर्ब रुपैयाँ बजेट माग गरेको थियो । तर, मागेको भन्दा ५ हजार कम म्यादी भर्ना गर्न सहमति दिइएको छ । प्रहरीले १ हजार ३ सय ७८ ठूला सवारी, १ हजार ५ सय ९८ मोटरसाइकल र ७ हजार ४ सय ७१ थान वाकीटाकी किन्नका लागि माग गरे पनि त्यसअनुसार बजेटको व्यवस्था गरिएको छैन । निर्वाचन सुरक्षामा रक्षा मन्त्रालय, सेना र राष्ट्रिय अनुसन्धान विभागमार्फत हुने खर्चको भने टुंगो लागेको छैन् । सेना र अनुसन्धान विभागका लागि करिब ५० करोडको सीमा तोकेर बजेट छुट्याइए पनि यसमा निर्णय भइनसकेको बताइएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा मतदानस्थल र मतदान केन्द्रको संख्या बढेका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको व्यवस्थापन, सञ्चालन तथा सुरक्षा खर्च बढेको बताइन्छ । गत स्थानीय निर्वाचनमा देशभर १० हजार ७ सय ५७ मतदानस्थल तोकिएकामा आगामी निर्वाचनमा मतदानस्थलको संख्या १ सय ५२ ले बढेर १० हजार ९ सय ८ पुग्ने निर्वाचन आयोगले जनाएको छ । यसपटक २३ हजारभन्दा बढी मतदान केन्द्र हुने अनुमान छ । अस्थायी मतदानस्थलका रूपमा देशभरका कारागारमा पनि कर्मचारी र सुरक्षाकर्मी खटाइने भएको छ । गृह मन्त्रालयकाअनुसार निर्वाचनमा चार वटै सुरक्षा निकायबाट करिब सवा २ लाखभन्दा बढी जनशक्ति खटाउने छ । नेपाल प्रहरीमातहत परिचालन गर्ने गरी ४० दिनको कार्य अवधि तोकेर १ लाख १५ हजार म्यादी प्रहरी खटाउन अर्थले बजेटको व्यवस्था गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले आगामी निर्वाचनलाई मतपत्र छपाइ, ढुवानी, निर्वाचनमा खटिने पदाधिकारी तथा कर्मचारी÷सुरक्षाकर्मीको भत्ता, निर्वाचन सामग्रीलगायतमा खर्च गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बजेट सुनिश्चित भएको बताएका छन् ।

    निर्वाचन सुरक्षालगायतमा खर्च गर्न अर्थले गृह मन्त्रालय, प्रहरी र सशस्त्रका लागि ८ अर्ब ८२ करोड २१ लाख बढी रकम छुट्टाइएको छ । गृह स्रोतका अनुसार निर्वाचन सुरक्षा तथा सवारी÷उपकरण खरिद गर्न १९ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ । प्रहरीलाई १ अर्ब ९८ करोड ५० लाख ९९ हजार २ सय, सशस्त्रलाई ७७ करोड ९५ लाख तथा म्यादी प्रहरीका लागि ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ । तोकिएको बजेटबाट खर्च हुने गरी अर्थले गृहलाई २५ वटा सवारी किन्न १२ करोड ५० लाख र निर्वाचन सुरक्षा व्यवस्थापन खर्चमा ६ करोड ८५ लाख भुक्तानी दिने भएको छ । प्रहरीका लागि १ सय ५० थान सवारी किन्न ७५ करोड र सुरक्षा व्यवस्थापन खर्चमा १ अर्ब २३ करोड ५० लाख तथा सशस्त्रलाई ५० थान सवारी किन्न २५ करोड र सुरक्षा खर्चबापत ५२ करोड ९५ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ । निर्वाचन सुरक्षामा खटिने म्यादीलाई ४० दिन अवधि तोकेर प्रहरी जवानको आधारभूत तलबमानअनुसार एकमुष्ट ३४ हजार ७ सय ६० रुपैयाँ, रासनबापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र पोसाक किन्न प्रतिव्यक्ति एकमुष्ट ६ हजार रुपैयाँ उपलब्ध गराइनेछ । यसबाहेक म्यादीलाई एक पटकका लागि सवारी भाडाबापत प्रतिव्यक्ति १ हजार रुपैयाँ, म्यादीसहित सबै सुरक्षाकर्मीलाई चार दिनका लागि दैनिक ३ सय खाजा खर्च तथा हिमाली भेगमा खटिने करिब १५ हजार म्यादीलाई ज्याकेट किन्न प्रतिव्यक्ति थप १ हजार रुपैयाँ तथा हिमाली भेगको रासन दररेटअनुसार म्यादीको भत्ता मिलान गर्न थप ६ करोड रुपैयाँ बजेट सुनिश्चितमा गरिएको गृहले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑