वीरगंज । सधै परिवर्तनको मूल नाराको साथ पहिलो पाइला नेपाल वीरगन्ज शाखाद्वारा आज राष्ट्रीय बालदिवसको उपलक्ष्यमा आमाको माया आश्रममा गरीब, विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भनेर बालदिवसको उपलक्ष्यमा केक काटेर खुशीको साथ शैक्षिक सामाग्री वितरण गरिएको पहिलो पाइला नेपाल वीरगन्ज शाखाका सदस्य नबील समानीले बताए।
पहिलो पाइला नेपाल वीरगन्ज शाखा अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथि ओसीएम संयोजक हेमा थापा, वरिष्ठ अतिथि कमल चौलागाईं युवा समाज अध्यक्ष,पहिलो पाइला नेपालकी केन्द्रीय सदस्य मधु प्रजापति, शाखा सदस्य नबिल समानी, इरशाद अन्सारी, मो. इमरान अली, सत्य प्रकाश, माधवी गुप्ता, राहुल शाह, भक्ति अग्रवाल, किशन अग्रवाल लगायत सहभागी थिए ।