• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जबर्जस्ती करणीमा पर्नेमध्ये २८ प्रतिशत दलित

  • वीरगंज संजाल
  • ३० भाद्र २०७९, बिहीबार १३:०१
  • १६१७

    सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाका यादव थर गरेका १९ वर्षे युवकले विवाह गर्ने आश्वासन देखाएर गाउँकै १७ वर्षीया दलित किशोरीलाई भगाएर लगे । बाराको जितपुरमा लगी २० दिनसम्म राखेका उनले पछि जातको कारण देखाउँदै किशोरीलाई उनकै घरमा लगेर छाडिदिए । यता, माइती पक्षले विवाह गरिसकेकी छोरीलाई घर भित्र्याउन नमिल्ने भन्दै गोठमा राखे । विवाहको आश्वासन दिई जबर्जस्ती करणी र शरीर बन्धकमा युवकविरुद्धको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । कल्याणपुर–३ सिरहाका मण्डल थर गरेका युवकमाथि विवाह गर्छु भन्दै दलित किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लाग्यो । बिहान किशोरीलाई उनकै घरमा लगेर छाडिदिएपछि परिवारले किशोरीलाई लिएर मण्डलकै घरमा पुगे ।

    तर, ‘हाम्रो घरमा दलितको छोरीको पानी चल्दैन’ भन्दै मण्डल परिवारले स्विकारेन । पीडितले केटा पक्षविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ बस्ने ५० वर्षीय कुशवाह थरका पुरुषले सोही गाउँकी दलित महिलालाई घर बनाउने सामान खरिद गरिदिने प्रलोभन देखाएर मोटरसाइकलमा राखेर लगे । उनले वडा ५ स्थित सिँचाइ खोला नजिक झाडीमा आफूमाथि जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । समता फाउन्डेसनले प्रकाशन गरेको ‘दलित मानवअधिकार पुस्तक २०७८’ मा मानवअधिकार हनन भएका घटनाको विश्लेषण गर्दा जबर्जस्ती करणी भएकामध्ये २८ प्रतिशत दलित महिला रहेको उल्लेख छ । जसमा ८ प्रतिशत जबर्जस्ती करणी प्रयासका घटना छन् । यौन दुर्व्यवहार ३ प्रतिशत, अन्तरजातीय प्रेम विवाह १३ प्रतिशत, आत्महत्या दुरुत्साहन ८ प्रतिशत, जातीय भेदभाव तथा छुवाछूत १८ प्रतिशत, छुवाछूत/कुटपिट १४ प्रतिशत, हत्या ६ प्रतिशत, ज्यान मार्ने उद्योग र प्रहरी हिरासतमा मृत्यु भएका घटना १/१ प्रतिशत छन् । अधिवक्ता प्रकाश नेपाली, रोजी विसुंके र प्रकृति बुढामगरको उक्त अनुसन्धानात्मक पुस्तकलाई फाउन्डेसनले बुधबार सार्वजनिक गरेको हो । लैंगिकताको दृष्टिकोणले हेर्दा पनि दलित पुरुषभन्दा महिला बढी पीडित भएको तथ्यांकले खुलाएको छ ।

    ६८ प्रतिशत महिला लैंगिकताको आधारमा पीडित छन् । अधिकारकर्मी धनकुमारी सुनारका अनुसार आर्थिक, सामाजिक र जातीय विभेदका कारण सबैभन्दा जोखिममा दलित महिला छन् । समग्र महिलाकै घटना र अवस्था विश्लेषण गर्ने हो भने पनि मानवअधिकारबाट वञ्चित हुने पीडित महिलाको संख्या बढी छ । ‘यद्यपि यसको मसिनो तथ्यांक न प्रहरीसमक्ष छ, न त अन्य निकायमा,’ उनी भन्छिन्, ‘दलित महिला हरेक दृष्टिले उच्च जोखिम मोलिरहेका छन् ।’महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले आयोगमा पर्ने हिंसाका उजुरीमध्ये दलित महिलाको अवस्था अन्यको तुलनामा दर्दनाक रहेको बताइन् । सामाजिक रूपमा पछि पारिएका दलित महिला विभिन्न डर र प्रलोभनमा पारिएर पीडित भएका थुप्रै घटना रहेको उनको भनाइ छ । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले विभेदमा आर्थिक हैसियत र समाजको प्रतिष्ठाले फरक पार्ने बताए । ‘जसको केही छैन, जो गरिब छ उसैलाई हेप्ने प्रवृत्ति छ,’ उनले भने, ‘जसका कारण दलित महिला हिंसाको उच्चतम जोखिममा परेका हुन् ।’महान्यायाधिवक्ता कार्यालयका अनुसार २०७७ यता जिल्ला अदालतमा २६३ मुद्दा दर्ता भएका छन् । तीमध्ये २७ मात्रै पुनरावेदनतर्फ उच्च अदालतमा गएको छन् भने सर्वोच्चमा ४ वटा मात्र रहेका छन् । अधिवक्ता एवं अनुसन्धाता प्रकाश नेपाली भन्छन्, ‘दलितमाथि विभेद कायमै छ, यसमा राज्य पनि जिम्मेवार छ । साभाल : कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑