वीरगंज । आज (बिहीवार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक बिहीवार अपराह्न १ बजेका लागि बोलाइएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
बिहीवारका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रवार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।