वीरगंज । परिवर्तन नेपाल फाउन्डेसनद्वारा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण हिजो राष्ट्रिय बाल दिवसको सुभ अवसरमा परिवर्तन नेपाल फाउन्डेसन संस्था द्वारा वीरगन्ज महानगरपालिका वार्ड नं २६ अठराहा मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्यनरत सबै विद्यार्थीलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रमका सभापति यस संस्थाका अध्यक्ष रणधीर बर्नवाल, प्रमुख अतिथिमा समाज सेवी सालमा खातुन , विशिष्ट अतिथिमा यस विद्यालयका प्रधानाध्यापक मोहनलाल प्रसाद कुर्मी र अतिथिमा वार्ड नं २६ का वडा सदस्य प्रदीप कुर्मीको उपस्थिति रहेको थियो। यस्ता कयौ विद्यालयहरू महानगरमा पिछडिएको र जर्जर अवस्थामा पुगेको कुरा जनाकारी हुँदाहुँदै पनि स्थानिय निकायले मौन बसेका छन्, सरकारी निकायले गर्ने काम आज यो संस्थाले गरेको हुनाले यो हाम्रो लागि गर्वको कुरा हो यस संस्थालाई धन्यवाद व्यक्त गर्दै सरकारी निकायको पनि ध्यान जाओस् भन्ने कुरा प्रमुख अतिथि द्वारा राखिएको थियो।
चौतर्फी अवलोकन गरिए पश्चताप यस विद्यालयको अवस्था निकै जर्जर र दैनिय रहेको हुनाले हाम्रो संस्थाले सकभर आफ्नो प्रयासबाट शैक्षिक सामग्री वितरण गरिएको कुरा संस्थाका कोषाध्यक्ष सुशील पटेलले बताउनु भएको थियो। संसार भनेको परिवर्तन शिल हो , परिवर्तन हामीबाट नै हुन्छ त्यही सोचका साथ आज हाम्रो संस्थाले यस्ता यस्ता कार्यक्रम हरु निरन्तर गर्दै आएकोमा ,हामीलाई साथ सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व लाई धन्यबाद व्यक्त गर्दै र हामी निरन्तर समाजको सकारत्मक विकासको लागि अगाडि बढ्ने छौ भने वचन को साथ संस्थाका सचिव विशेष साहले जानकारी गराउनु भएको थियो।