• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सहिद परिवारलाई मधेस सरकारले दिने भनेको राहत घोषणामै सीमित

  • वीरगंज संजाल
  • २९ भाद्र २०७९, बुधबार १८:४५
  • १९२५

    वीरगंज । मधेस सरकारले सहिद परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेपछि सहिद लालु भनिने रामभरोसका परिवार खुसी भएका थिए । बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वानिवासी लालु १८ वर्षकै छँदा माओवादी द्वन्द्वकालमा मारिएका थिए । २०६० माघ २७ मा नेपाली सेनाको कारबाहीमा नयाँ बस्ती जंगल छेउमा उनको मृत्यु भएको थियो । उनको परिवारले संघीय सरकारबाट पटकपटक गरी राहतस्वरूप १० लाख रुपैयाँ पाइसकेको छ । मधेस सरकारको घोषणापछि लालुको परिवार राहत पाउने आशमा थिए, तर घोषणाको एक वर्ष नाघिसक्दा पनि नपाएपछि उनीहरू निराश छन् । लालुका ६० वर्षीय बुबा जंगवीर राय यादवले राहतबाट ऋण सधाउने सोच बनाएका थिए । ‘राहत नपाएपछि निराश छौं,’ उनले भने, ‘ऋणको चपेटामा परेर तनावमा छौं ।’ खेत जति महाजनको नाममा रजिस्ट्रेसन पास गरेर ऋण लिएकाले त्यसको ब्याज तिर्दै हैरानी खेप्नुपरेको उनले बताए । ‘धेरै सहिद परिवारले राहत पाइसके, आफूले पाएको छैन,’ उनले भने, ‘राहत पाएको भए ऋण सधाउँथे ।’

    यस्तै सेनाकै कारबाहीमा सिम्रौनगढ–६ अमृतगन्जका माओवादी कार्यकर्ता अच्छेलाल कुसवाहा घरनजिकको नहर छेउमा २०६० पुसमा मारिए । उनको परिवारले संघ सरकारबाट राहत पाइसके पनि मधेस सरकारबाट पाएको छैन । अच्छेलालका छोरा कुन्दनले भने, ‘राहत वितरणमा मधेस सरकारले विभेद गरेको छ । कसैले पाउने कसैलेनपाउने पनि हुन्छ ?’ सबै विवरण बुझाए पनि सरकारले राहत दिन ढिलाइ गरेको उनको भनाइ छ । लालु र अच्छेलाल जस्ता दर्जनौं सहीद परिवार अहिले मधेस सरकारको राहतको पर्खाइमा छन् । सिम्रौनगढ नगरपालिका–११ कै मीनादेवी नुनियाले ३ लाखमध्ये १ लाख रुपैयाँ राहत पाए पनि अझै २ लाख रुपैयाँ नपाएको बताइन् । उनले संघीय सरकारबाट १० लाख रुपैयाँ पाइसकेकी छिन् । उनका पति माओवादी कार्यकर्ता शंकर महतो नुनिया २०५९ पुस १ मा सेनाको कारबाहीमा मारिएका थिए । ‘गत स्थानीय तहको चुनावमा माओवादीका उम्मेदवारले बढी मत नपाउँदा पार्टीका केही नेता भोट नदिएको आरोप लगाउँछन्, त्यसैले राहतको लागि पहल गरिदिएका छैनन्,’ उनले भनिन्, ‘घरमा दौडधूप गर्ने कोही छैनन् ।’

    मधेस सरकारले गत आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत द्वन्द्वकाल, जनआन्दोलन र मधेस आन्दोलनमा सहिद भएकालाई ३ लाख राहत दिने घोषणा गरेको थियो । यसबाहेक सहिद परिवारलाई गत असारदेखि नै मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने निर्णय प्रदेश मन्त्रिपरिषद्बाट भएको थियो । तर निर्णय भएको तीन महिना बित्नै लाग्दा कसैले पाएका छैनन् । प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत ‘मधेसी सहीद प्रतिष्ठान’ मार्फत भत्ता दिने जनाइएको थियो । प्रतिष्ठानका निर्देशक छठु चौधरीले रकम अपुगसँगै सहिद परिवार पहिचानमा समस्या भएको बताए । उनका अनुसार प्रदेशका ८ जिल्लाको ५ सय ३८ जना सहिदको सूची उपलब्ध भएको छ । बारामा ८१ जना सहिदमध्ये ५८ जनाले मात्र एक÷एक लाख रुपैयाँको दरले राहत पाएका छन् । अरूलाई क्रमशः दिँदै जाने नीति रहेको उनको भनाइ छ । भरणपोषणको भत्ताका लागि कागजात बुझाउन एक साताको सूचना जारी गरिएको उनले बताए । ‘पहिला पनि दुई÷तीन पटक सूचना जारी गरेका थियौं, अहिले फेरि सूचना निकालेका छौं,’ चौधरीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑