• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा मसानघाटको ८ बिघा जग्गा व्याक्तिको नाममा

  • वीरगंज संजाल
  • २९ भाद्र २०७९, बुधबार १७:३८
  • १६५३

    बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाराको सिफारिसमा व्यक्तिको नाममा दर्ता भएको जग्गालाई मालपोत कार्यालय सिमराले पुनः सार्वजनिक (मसानघाट) कायम गरेको निर्णयलाई उच्च अदालतले जनकपुरको अस्थायी इजलास वीरगन्जले भने उल्टाइदिएको छ । न्यायाधीशद्वय साधुराम सापकोटा र सीताराम मण्डलको इजलासले मशानघाटको ८ बिघा ६ कट्ठा जग्गा सार्वजनिकबाट व्यक्तिको नाममा कायम गर्ने फैसला गरेको हो । २०७७ असोज २३ मा मालपोत कार्यालय सिमराले जितपुर–सिमरा–३ साविक कित्ता नं. ५९ को ८ बिघा ६ कट्ठा जग्गालाई सार्वजनिक कायम गरेको थियो । २०२१ सालको नापीमा कित्ता ५९ को स्रेस्ता महलमा ऐलानी मसानघाट लेखिएको छ । उक्त जग्गा २०४७ साउन ३० मा रामचन्द्र गौतमको नाममा दर्ता भएको थियो ।

    अदालतले प्राकृतिक न्यायको सिद्धान्तको हवाला दिँदै यसअघि मालपोत कार्यालय सिमराले गरेको सम्पूर्ण निर्णय बदर गरी ऐलानी मसानघाट भनी जनिएको फिल्डबुक र स्रेस्तासमेत अद्यावधिक गर्न नापी कार्यालयलाई आदेश दिएको छ । काठमाडौं धर्मस्थलीका रामचन्द्र गौतम २०२१ सालको नापी हुँदा १४ वर्षका थिए । उनी बारामा आएर कसरी जग्गा भोगचलन गर्न थाले भन्ने प्रश्न उठेपछि गत वर्ष स्थानीयले विरोध गर्दै छानबिनको माग गरेका थिए ।बाराको साविक पिप्रा सिमरा ४ ‘क’ को कित्ता ५९ को ६ बिघा ८ कट्ठा जग्गाधनी महल खाली भई कैफियतमा ‘यो जग्गा ऐलानी मसानघाट हो’ भनी तत्कालीन प्रधानपञ्च प्रभुनाथ उपाध्याद्वारा हस्ताक्षर प्रमाणित भएको उक्त जग्गा सिमरा–२ का रामचन्द्र गौतमले २०४२ फागुन १० मा दिएको निवेदनका आधारमा २०४७ मा मालपोतले नामसारी गरिदिएको थियो । सिमरावासीका अनुसार गौतम २०३४ सालमा सडक कार्यालय पथलैया र २०४७ सालमा जिल्ला वन कार्यालय बारामा कर्मचारीका रूपमा कार्यरत थिए । गौतमले २०२१ सालदेखि बाराको मसानघाटको जग्गा भोगचलन गरेको दाबी गरेका छन्, तर उनको नागरिकतालाई आधार मान्दा २०२१ सालमा उमेर १४ वर्ष मात्रै थियो ।

    स्थानीय प्रशासनको निर्देशन, वडा कार्यालयको सर्जमिन मुचुल्का मालपोत ऐन २०३४ र देवानीसंहिता २०७४ दफा ३०५ को उपदफा १ र २ का आधारमा उक्त जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय भएको मालपोतको मिसिलमा छ । सार्वजनिक जग्गाको परिभाषाभित्र पर्ने जग्गा, व्यक्ति विशेषको नाउँमा जहिले र जसरी दर्ता भए पनि स्वतः बदर गरेर सरकारी कायम गरिदिनुपर्ने कानुनी व्यवस्था मालपोत ऐन २०३४ र मुलुकी देवानी संहिता २०७४, मुलुकी देवानी कार्यविधि संहितामा छ । उच्च अदालतको फैसलाविरुद्ध मालपोतका तर्फबाट सर्वोच्चमा पुनरावेदन गरिएको कार्यालय प्रमुख राजेन्द्रप्रसाद पौडेलले बताए । जितपुर–सिमरा–४ का वडाध्यक्ष ईश्वर केसीले उच्च अदालतको फैसला बदनियतपूर्ण भएको भन्दै रोष प्रकट गरे । फर्जी कागजपत्र प्रयोग गरी मसानघाटको जग्गा व्यक्तिको नाममा दर्ता गरिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑