सप्तरी । सप्तरीस्थित नेपाल-भारतको दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ । बुधबार बिहान करिब साढे ६ बजेको समयमा तिलाठी कोइलाडी गाउँपालिका- १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोको दाहिने साइड कुनौली जाने दशगाजामा करिब ४०/४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पहाडीमुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर लास जाँच मुचुल्का गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।