सप्तरी । सप्तरीको तिलाठीमा एक जनाको शव फेला परेको छ। कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेको हो।
नाम र ठेगाना भने खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृतसमेतको टोली घटनास्थलमा पुगी शवको जाँच मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ। पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ।