• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असारे बजेटको कमाल : वीरगन्जमा बनाइएको पुल दुई महिना नबित्दै भत्कियो

  • वीरगंज संजाल
  • २७ भाद्र २०७९, सोमबार १४:२४
  • ५५६५

    वीरगंज । मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम महिना असारमा बनाइएको पुल दुई महिना नपुग्दै भत्किएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाख रुपैयाको लागतमा बनाइएको कल्भर्ट पुल दुई महिना पनि नबित्दै भत्किएको हो । गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको पुल समान्य बाढी समेत थेग्न नसकि भत्किएको हो । अहिले पुलको तल राखिएका चारवटा ह्युम पाइप भत्किएर पुलको वास्तविक अवस्था उजागर भएको छ । गतको असार महिनाको अन्तिम साता बजेट सक्न उपभोक्ता समिति मार्फत हतार हतारम पुल निर्माण गरिएको थियो। पुल निर्माण गर्दा समितिले पुल माथिको ढलान नै नगर्दा पुलमा रहेका रडहरू देखिन थालेको थियो । ती रड माथि ढलान नहुँदा आम स्थानीबासीहरूले पुल निर्माणमा ब्याप्क भ्रष्टाचार भएको भन्दै असहमति जनाउँदै आएका थिए।

    गुणस्तरहीन पुल निर्माण गरिएको भए पनि नेताहरूको दबाबका कारण पुलको निर्माण रकम भुक्तानी गरिएको थियो । उपभोक्ता समिति मार्फत् बनाइएको उक्त कल्भर्ट पुलको आधाभन्दा बढी भागमा ढलान नै भएको छैन। ढलान पनि नभएका कारण पुलको माथिल्लोपट्टि राखिएको छडसमेत खुल्ला रूपमै राखेर छाडिएको थियो । जसका कारण समान्य बाढीले पुललाई भत्काइ दिएको हो । गुणस्तरहीन कल्भर्ट पुल निर्माण भएको भन्दै स्थानीयबासीहरूले पुल निर्माणको क्रममा चरम रूपमा आर्थिक अनियमितता गरी भ्रष्टाचार गरिएको भन्दै सोमा संलग्न उपभोक्ता समतिका पदाधिकारी, इन्जिनियरलगायतलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन्। आफूले पहिलेदेखि नै पुल निर्माणमा अनियमितता भएको भन्दै आएको तथा अहिले पुल भत्केर अनियमिततालाई पुष्टिसमेत गरेको वडा नम्बर ३० का स्थानीय जमुना साहले बताए। उनले पुल निर्माण गर्दा कतिसम्मको भ्रष्टाचार भएको भनि पुल हेरेर नै थाहा पाएको बताए। ‘मैले पहिलेदेखि भन्दै आएको थिए यसमा धेरै भ्रष्टाचार भएको छ, उपभोक्ता समितिले पैसा खाएको छ, उनले भने,‘तर पहिले कसैले यसमा ध्यान दिएन अहिले हेर्नुस पुल त भत्कियो नि ।’ बजेटको पैसा खेर फालेर यसरी गुणस्तरहीन काम गर्ने समितिका पदाधिकारीलाई कारबाही हुनुपर्ने साहको माग छ। मधेस प्रदेशकी प्रदेश सांसद भीमा यादवको संसदीय विकास कोषको २५ लाख रुपैयाको लागतमा उक्त पुल निर्माण भएको हो।

    उपभोक्ता समितिले पुल पुरै निर्माण गर्न नसक्दा २५ लाख मध्ये १४ लाख रुपैया मात्रै भुक्तानी पाएको थियो। गुणस्तरहीन पुल निर्माण गरेपनि समितिले नेताहरूको पहुँचका कारण भुक्तानी पाउन सफल भएको थियो। उपभोक्ता समितिका अध्यक्ष सन्तोष साहले पुल भत्केको बारेमा इन्जिनियरलाई थाहा हुने बताए। बाढी आएकाले पुल भत्केको हुन सक्ने उनले बताए। ‘पुल भत्केको कुरा इन्जिनियरले जानुन् भत्कियो त भत्कियो, बाढी आएको होला तलको माटो बगायो पुल भत्कियो’, उनले भने। यता पुल निर्माणमा खटिने पूर्वाधार विकास कार्यालयका इन्जिनियर रामदेव यादव भने त्यही बेला बढुवा भएर अन्तै गएकाले उनीसँग सम्पर्क हुन सकेन । पुल निर्माणमा चरम अनियमितता भइ गुणस्तरहीन निर्माण भएको बारेमा प्रदेश सांसद भीमा यादवसित निर्माण भएकै समयमा बुझ्दा उनले गुणस्तरीय काम भए नभएको बारेमा इन्जिनियरले ध्यान दिनुपर्ने बताएकी थिइन्। कलभर्ट पुल अहिले अधुरो नै निर्माण भएको बताउँदै यादवले आर्थिक वर्ष २०७९/८० मा त्यही पुल बनाउन थप बजेट दिने पनि बताएकी थिइन् । यो खबर पत्रकार राम मण्डलले देश सन्चार अनलाइनमा लेखेका छन् । साभाल : मधेशखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑