पर्सा । पर्सामा एक महिलाले एकैपटक तीन छोरालाई जन्म दिएकी छन् । पर्सागढी नगरपालिका– ९ निवासी ललिता देवी थरुनीले एकैपटक ३ वटा छोरालाई जन्म दिएकी हुन् ।
वीरगञ्जको पानीट्यांकीस्थित प्रभु हस्पिटलकी सञ्चालिका एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा नेतृत्वको समूहले शल्यक्रिया गरेपछि उनका तीन छोरा सकुशल रुपमा जन्मिएका हुन् ।प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बालरोग विशेषज्ञ डा. नविन झा, स्टाफ नर्स रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्ण ठाकुर लगायतको समूहले थरुनीको शल्यक्रिया गरेका हुन् ।
शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण भएपनि आमा र तीन वटै बच्चाको स्वास्थ्य अवस्था सामानय रहेको डा. लक्ष्मी थापाले बताइन् । १० वर्षसम्म पनि कुनै सन्तान नभएपछि आईभिएफ प्रविधिको प्रयोगबाट गर्भ बसेको थरुनीका श्रीमान् बृज चौधरीले बताए ।