वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३१ चोर्नीस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत १ सय जनालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक प्रहरी सेवा केन्द्र एवम् सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली र रोट्रयाक्ट नेपालको सयुँक्त सहकार्यमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शिशु कक्षामा अध्ययनरत १ सय जना विद्यार्थीहरुलाई कपी, कलमसहितको झोला प्रदान गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम कुमार सर्राफले जानकारी दिए । रोट्रयाक्ट क्लब अफ वीरगञ्जका अध्यक्ष रोहित सिंहको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले मन लगाएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
सोही अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले साईबर क्राइम, लैंगिक हिंसा, बाल दुव्र्यवहार,लागु औषध एवम् सडक सुरक्षाका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कर्यक्रममा रोट्रयाक्ट नेपालका केन्द्रीय उपाध्यक्ष सृष्ठी त्रीपाठी, रोट्रयाक्ट नेपालका पूर्व अध्यक्ष आयुष गुप्ता, विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार यादव लगायतको उपस्थिती रहेको थियो ।