वीरगंज । रामजी यादव । महिन्द्रा ट्याक्टर चालक भेटघाट कार्यक्रम आज बीरगंजको बाईपासमा रहेको ओम पाटी प्यालेसमा सम्पन्न भएको छ।बीरगंजको गण्डकमा रहेको अग्नी ग्रुपको महिन्द्रा ट्याक्टर शो रुमको आयोजनामा महिन्द्रा चालक भेटघाट कार्यक्रम सम्पन्न भएको हो।अग्नी ग्रुपको महिन्द्रा ट्याक्टरको बिभिन्न मोडलको बिशेषताको बारेमा चालकहरुलाई ध्यानाकर्षण गराइएको थियो।
अग्नी ग्रुपको महिन्द्रा टयाक्टरमा कुन बेला सर्विसिङ गर्ने ,कुन बेला मोबिल हाल्ने ,र कुनबेला कसरी के गर्नुपर्ने हो सो को बारेमा चालकहरुलाई प्रशिक्षक द्वारा बिभिन्न सुबिधाको बारेमा जानकारी गराईएको थियो।ट्राफिक प्रहरी कार्यालय बीरग़ंजका प्रहरी सहायक निरीक्षक बिरबहादुर यादवले ट्याक्टर चालकहरुलाई ट्राफीकको बिभिन्न नियमको बारेमा जानकारी गराउनु भएको थियो।
अग्नी ग्रुपको महिन्द्रा शो रुम गण्डकका ब्रान्च मनेजर महेश कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी अभयकान्त मिश्रा,अतिथीमा सर्विस ईन्चार्ज अखिलेश सिंह ,स्पेयर इन्चार्ज दिवाकर श्रेष्ठ, मार्केटिङ इन्चार्ज राजकिशोर गौरो थारु, मार्केटिङ अफिसर परशुराम कुशवाहा, ट्राफीक प्रहरी अशोक चौधरी,लगायत बिभिन्न ट्याक्टर चालकहरुको उलेख्निय सहभागिता रहेको थियो।