• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुनावी वाचा पुरा गर्दै मेयर सिंह : घरदैलोमै डाक्टर र ल्याब सहितको निशुल्क उपचार सेवा

  • वीरगंज संजाल
  • २६ भाद्र २०७९, आईतवार १४:२८
  • १७८९

    वीरगंज । चुनाव ताका जनता सामु गरेका वाचा पुरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन् । मेयर सिंहको निर्देशनमा महानगरपालिकाले वडा वडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाइ टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो । मेयर स्वास्थ्य घरदैलो कार्यक्रम नाम दिइएको उक्त अभियान आइतबार देखि शुरु गरिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा आइतबार उक्त कार्यक्रमको उद्घाटन मेयर सिंहले गरे । पहिलो चरणमा वीरगन्ज महानगरका ग्रामीण भेगका १६ वटा वडालाइ लक्षित गरि आइतबार देखि शुरु मेयर स्वास्थ्य घरदैलो कार्यक्रममा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जना सहित स्टार्फ नर्स ,हेल्थ असिस्टटेण्ट , अनमी गरि २५ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

    एउटा वडामा पाच दिन सम्म सन्चालन गरिने मेयर स्वास्थ्य घरदैलो कार्यक्रम नामक स्वास्थ्य शीवीरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट ( रगत, दिशा ,पिसाब, खकार इत्यादिको जाँच ), इसिजी , भिडियो एक्सरे लगायतका सेवा पनि प्रदान गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए । बिरामीको जाँच र ल्याब टेष्टसंगै औषधी पनि निशुल्क वितरण गरिएको उनले जनाए । जयसवालले भने ,‘ यो शीवीरमा बिरामीलाइ नेपाल सरकारले निशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधी बाहेक उच्च रक्त चाप, मधुुमेह र थाइराइडको औषधी पनि निशुल्क वितरण गरिरहेका छौं । आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमकोे औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाँउघरमा सन्चालन हुदै आएका एक दिने शीवीर भन्दा फरक र विशेष प्रकारको भएको बताए ।

    उनले भने ,‘ एउटा वडामा यो शीवीर ५ दिन सम्म चल्छ , डाक्टरले शुरुमा बिरामीको स्वस्थ्य जाँच गरिन्छ ,आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ , रोग पत्ता लगाएर औषधी दिएपछि मात्रै बिरामीलाइ घर पठाइन्छ। हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उदेश्यले आफुले यो कार्यक्रम सन्चालन गरेको उनले बताए । मेयर सिंहले भने ,‘ महानगरका ३२ मध्ये १६ वटा वडा ग्रामीण भेगमा छन् , यो भेगमा शहरको जस्तो सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन् , उपचारका लागि शहर नै धाउनु पर्ने बाध्यता छ , त्यसैले पहिलो चरणमा ग्रामीण भेगका जनतालाइ लक्षित गरि यो कार्यक्रम शुरु गरिएको हो । उनले आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यहि वाचा पुरा गर्न पनि यो कार्यक्रम शुरु गरेको बताए ।सिंहले भने ,‘ यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सन्चालन गरिने छ ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम शुरु गरेको बताए । महानगरले विशेषज्ञ चिकित्सक र ल्याब टेष्ट सहितको सेवा र औषधी समेत निशुल्क वितरण गर्ने गरि गाँउघरमै शीवीर सन्चालन गरेपछि महानगरवासी पनि खुशी छन् ।

    लालपर्सामा आइतबार देखि शुरु स्वास्थ्य शीवीरमा सेवा लिन पुगेका वीरगन्ज ३० प्रशोतिपुरका ७३ बर्षिया बृद्ध लाल बहादुर यादवले गाँउघरमै डाक्टर सहितको टोली आएर उपचार गरेकोमा खुशी व्यक्त गरे । उनले भने ,‘घरको कोहि पनि बिरामी हुदा वीरगन्ज बजारको हस्पिटल धाउनु पथ्र्यो , आउदा जादा दिनभरको समय जान्थ्यो ,उस्तै परे बास नै बस्नु पथ्र्यो , खर्च पनि उत्तिक्कै हुन्थ्यो तर अहिले गाँउमै ठूला डाक्टरबाट इलाज गराउन पाइयो , दवाइ पनि दिए , तर खर्च एक सुको पनि भएन ।लालबहादुरसंगै शीवीरमा उपचार गराउन आएका उनका छिमेकी राम बहादुर राउतले भने ,‘ नेताले जनताको यस्तै पिरमर्का बुझेर काम गरे भने उनिहरुलाइ हामी जस्ता बुढाखाडाको आर्शीवाद पनि लाग्छ , सारहै राम्रो काम गरेका छन् हाम्रा मेयर साबले । उनले समय समयमा यस्ता शीवीर गाँउघरमै सन्चालन गरिए ग्रामीण भेगका जनता बिरामी पर्दा शहर धाउनु पर्ने अहिलेको बाध्यता हट्ने र यसले जनतालाइ उपचार र खर्च दुवैमा धेरै राहत पुग्ने बताए । वडा अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको शीवीरको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ (क ) का प्रदेशसभा सदस्य जन्नत अन्सारी , जसपाका वीरगन्ज महानगरअध्यक्ष इश्वरचन्द्र यादव ,मेयर सिंहका राजनन्ीतिक सल्लाहकार उमेश सहनी , जसपा नेता प्रेमबाबु पटेल , लालपर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहा लगायतको पनि सहभागीता थियो । साभाल : मधेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑