बारा । बाराको आदर्शकोतवाल गाउँपालिका स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयमा बिधाथीहरु बिच झडप भएको छ । स्थितीलाई नियन्त्रणमा बिद्यालयमा प्रहरी परिचान गरिएको छ ।
स्कुलको प्रयोगात्मक कक्षाको बिषयलाई लिएर झडप भएको स्थानियहरुले बताएको छ । एक समुहले प्रयोगात्मक कक्षा नभएको भन्दै बिद्यालयमा तालाबन्दी गर्न खोजेको र अर्को समुहले रोक्ने प्रयास गरेपछि बिधार्थीहरु बिच हातहाला हाल भएको बताइएको छ ।
स्थितीले उग्र रुप लिएपछि बिद्यालयमा पुगेको प्रहरी टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो । दुई पक्ष बिच भएको झडपको क्रममा केही बिधार्थीहरु घाइते समेत भएको बताइएको छ । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको भए पनि जयनगर चिउटा र कोतवालीका बिद्याथीहरु बिच झगडा भएको स्थानिय गजेन्द्र कुशवाहाले बताए ।