• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिराहमा चाइना रेल्वेको चकचकी : वर्षामा पनि निरन्तर नदी उत्खनन्

  • वीरगंज संजाल
  • २६ भाद्र २०७९, आईतवार १२:४२
  • १९०५

    सिराहा । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप छ । सिरहाको कर्जन्हा नगरपािलका–१ कमला नदीमा राष्ट्रिय योजनाको नाममा स्थापना भएको क्रसरले चुरे क्षेत्रलाई बन्जर बनाइरहेको आरोप छ । सम्झौता विपरित नदीबाट मनपरीसँग गिट्टी, बालुवा उत्खनन् गर्दा पनि जनप्रतिनिधि र प्रहरी प्रशासन नदेखेझै गरिरहेको स्थानीयको आरोप छ ।

    सिरहाको कर्जन्हा नगरपालिका र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक चार लेन बनाउन चाइना रेल्वे कम्पनीले ठेक्का पाएको छ । १६ भदौ ०७८मा भएको सम्झौताअनुसार कमला नदीबाट उक्त कम्पनीले सडक निर्माणको लागि ८० हजार घनमिटर बालुवा, ढुंगा उत्खनन् गर्न पाउँछ । ८० हजार घनमिटरको कार्यादेश पाए पनि चाइना रेल्वे कम्पनीको दुई लाखभन्दा बढी घनमिटर गिट्टी, बालुवा उत्तखनन् गरी खोलाकै छेउमा डम्पिङ गरि राखिएको थियो । सोही गिट्टी, बालुवा अहिले धनुषाको क्रसरमा लगिने गरेको स्थानीय बताउँछन् । धनुषाको पोर्ताहास्थित संचालनमा रहेको कमला माइ क्रसरका सञ्चालक वेचन शर्माले चाइना रेल्वे कम्पनीको कागजात पेश गरेर राष्ट्रिय महत्वको योजनाको नाममा सम्झौता गरी अवैध गिट्टी, बालुवा उत्तखनन् भइरहेको कमला बचाउ संघर्ष समितिका अभियन्ता प्रभात सिंहले बताए । उनले भने, ‘जनप्रतिनिधि तथा प्रहरीको आँखा अगाडिबाट दिनदहाडै सयौं ट्रिपरले गिट्टी, बालुवा लगिरहेका हुन्छन् । प्रहरी प्रशाशन देखेको नदेखै गर्छ ।’ सामान्यतया वर्षाको तीन महिना खोलाबाट गिट्टी वालुवा निकाल्न पाइदैन । तर, यो कम्पनीले हिउँदमै निकालेर राखेको नदीजन्य सामग्री ओसारी रहेको छ ।

    नगरपालिकाका पूर्वमेयर गंगा पासवान, नवनिर्वाचित मेयर भोला पोखरेल, जिप्रका प्रमुख लालबावु कवाडी समेतलाइ पटक पटक जानकारी गराउँदा उत्खनन् रोक्न सकेनौँ भन्ने गरेको अर्का अभियन्ता विनोद श्रेष्ठले जनाए । उनले भने, ‘चाइना रेल्वे कम्पनीले सम्झौताअनुसारको राजस्व रकम समेत नबुझाई गिट्टी, वालुवा निकासी गर्दा पनि सम्बन्धित निकाय मौन हुनु मिलोमतो रहेको पुष्टि हुन्छ । उनले थपे, ‘लाखौँको राजस्व चुहावट भइरहे पनि नियन्त्रणका लागि प्रशासनले कुनै सहयोग नगरेको र प्रहरी प्रशासनले नचाहेसम्म केही हुने वाला छैन ।’नदीमा अत्यधिक उत्खनन् गरिएका कारण दिनप्रतिदिन यस क्षेत्रको माटो कमजोर र पानीको सतह कम भइरहेको छ । १ असारदेखि भदौ मसान्तसम्म गिट्टी बालुवा ढुवानी निकासीमा रोक लगाए पनि उत्खनन् नरोकिएको विषयमा प्रजिअ लालबाबु कवाडीले राजस्व रकम तिरेर राष्ट्रिय महत्वको योजनाको कामको लागि लगि रहेकोले रोक्न नमिल्ने बताए । प्रजिअ कवाडीले भने, ‘चाइना रेल्वे कम्पनीले गरिरहेको गिट्टी, बालुवा ढुवानी निकासी हामीले रोक्न मिल्दैन । अरु कसैले चोरी निकासी गरेको पाइएमा कार्यवाही हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण
  • खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    News

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑