गुल्मी । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो ।
घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए । त्यत्तिबेला खोरभित्र रहेको चितुवाले उनलाई आक्रमण गर्न थालेपछि कुँवर प्रतिकारमा उत्रिएका थिए । घाइते कुँवरलाई चितुवाले शरिरको विभिन्न भागमा चिथोरेको छ । उनको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्था भने सामान्य छ ।
चितुवाले खोरमा रहेका साना–ठुला गरी सयभन्दा बढी बोइलर कुखुरा मारेको छ । अहिले घटनास्थलतर्फ प्रहरी र जिल्ला बन कार्यालयको समुह पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले राजधानीलाई जानकारी दिए ।