रौतहट । नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि अफ्ताब आलमको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनको नाम सर्वसम्मत पठाएको थियो। क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा आएको उनको नाम केन्द्रमा सिफारिस गर्न लागिएको मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले बताए । प्रदेश समितिले कांग्रेस पूर्वकोषाध्यक्ष सीता देवी यादवको नाम पनि सिफारिस गर्ने भएको छ । क्षेत्रीय समितिले सिफारिस गरे पनि जिल्ला समितिले यादवको नाम काटेर प्रदेशमा पठाएको थियो।
यस्तै, सर्लाही-४ बाट सिफारिसमा नपरेका अमरेशकुमार सिंहको नाममा रायसहित केन्द्रमा नाम पठाउन लागिएको गुप्ताले जानकारी दिए। आलम जिउँदा मान्छेलाई इँटाभट्टामा हालेको आरोपमा अहिल पुर्पक्षका लागि जेलमा रहेका छन् ।