वीरगंज । अन्तर्राष्ट्रिय सक्षारता दिवसको उपलक्ष्यमा वीरगञ्ज कलेजले ‘समृद्ध समाज निर्माणमा शिक्षाको भूमिका’ बिषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
कलेज प्रांगणमा बुधबार आयोजना गरेको प्रतियोगितामा हरि कृष्ण प्रसाद साह प्रथम, कुशुम मिश्रा दोस्रो र काजल पटेल तेस्रो भएका छन् । सान्त्वना पुरस्कार नीशा ठाकुरले प्राप्त गर्नुभएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णको प्रमुख आतिथ्यतामा रहबर अन्सारी, मार्टिन मोक्तान र श्रीमती उमा मिश्रा रहनु भएको थियो । कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमारी चौधरीको अध्यक्षता भएको थियो ।
कार्यक्रममा कलेजका प्रमुख बिनोद कुमार गुप्ता, प्रशासन प्रमुख सुरेश चौधरी, सहायक कलेज प्रमुख रुदल ठाकुर, संयोजक रजेश्वर चौधरी, बिबिएस संयोजक दिपेश दास, अतिरिक्त क्रियाकलाप संयोजक मनोज बर्नवाल, परीक्षा संयोजक धर्मेन्द्र जयसवाल तथा कलेजका सम्पूर्ण शिक्षकहरूको उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजीकरण कलेजका प्रेमशंकर श्रेष्ठले गरेका थियो ।